मुख्यमन्त्री हिकमतकुमार कार्की शोकमा : आमा जानुकादेवी कार्कीको ९२ वर्षमा निधन
झापा, गौरादह — कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्की तथा संविधानसभा सदस्य दिपक कार्की की ममतामयी आमा जानुकादेवी कार्कीको ९२ वर्षको उमेरमा आज साँझ करिब ७:०० बजे आफ्नै निवास, झापा गौरादहमा निधन भएको छ।
परिवारका अनुसार लामो समयदेखि वृद्धावस्थासम्बन्धी समस्याबाट पीडित रहँदै आउनुभएकी कार्कीको आफ्नै घरमा देहावसान भएको हो।
स्वर्गीय कार्कीको पार्थिव शरीरको दाहसंस्कार तथा अन्त्येष्टि कर्म भोलि बिहान १०:०० बजे गौरादह १ स्थित गोपेश्वर घाटमा गरिने जानकारी परिवार स्रोतले दिएको छ।
उनको निधनप्रति स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया