जेष्ठ ०२ २०८३, शनिबार

सार्वजनिक बिदाका दिन गौरादह नगर अस्पतालको ओपीडी सेवा बन्द हुने

Ads


गौरादह, झापा — गौरादह नगर अस्पतालले सार्वजनिक बिदाका दिन ओपीडी सेवा बन्द रहने जनाएको छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिइने व्यवस्था लागू भएपछि जेठ महिनादेखि ओपीडी सेवा बन्द रहने जानकारी दिएको हो।
यसअघि गौरादह नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो। तर, विशेषज्ञ चिकित्सकहरूले सार्वजनिक बिदाको दिन सेवा दिन नसक्ने जानकारी गराएपछि वैशाख २९ गते बसेको कार्यपालिका बैठकले सरकारको निर्णयअनुसार शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार नियमित औषधि सेवन गर्ने दीर्घरोगीहरूलाई भने सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि ३ बजेसम्म औषधि उपलब्ध गराइनेछ। साथै, इमर्जेन्सी सेवा, वार्ड तथा बर्थिङ सेन्टर २४सै घण्टा सञ्चालनमा रहने अस्पतालले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार