असार २५ २०८३, बिहिबार

गौरादहमा ६९ मेट्रिक टन रासायनिक मल

Ads


गौरादह, झापा । गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मल (युरिया र डीएपी) को कोटा निर्धारण गर्दै नगरभित्रका सूचीकृत सहकारी संस्था तथा फर्ममार्फत वितरण गर्ने निर्णय गरेको छ।
कृषि विकास शाखाद्वारा जारी सूचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय विराटनगर तथा कोशी प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयबमोजिम गौरादह नगरपालिकाका लागि ६५ मेट्रिक टन (१,३०० बोरा) युरिया र ४ मेट्रिक टन (८० बोरा) डीएपी मलको कोटा निर्धारण गरिएको हो।
नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार उक्त कोटा नगरभित्र दर्ता भएका सहकारी संस्था तथा फर्मलाई बाँडफाँट गरिएको छ। प्रत्येक संस्थाले ६२ बोरा युरिया र ४ बोरा डीएपी मल प्राप्त गर्नेछन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार