भदौ १६ २०८३, मंगलबार

रसुवा बाढी : हालसम्म ९ सय १९ जनाको शव फेला

काठमाडौं, भदौ १५ -  रसुवामा आएको विनाशकारी बाढीका कारण सोमबार दिउँसो १ बजेसम्म ९ सय १९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, चितवनमा २ सय ७९ जना, गोरखामा ६२ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा २ सय १२ जना र नवलपरासी पश्चिममा १ सय ५५ जना रहेका छन्।

बाढी प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको जनाएको छ। यस्तै, विभिन्न निकाय तथा स्थानीयवासीसँगको समन्वय र सहकार्यमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

https://www.facebook.com/photo/?fbid=1501246728697301&set=a.233872788768041&__cft__[0]=AZYP6N2oPnf4aK3AmeESRHqYCUtedl42DlBMk3-k1gef5DRgZc9XuTbkVsl0OmI4acvUlUGu53wvkme7raR8m8Ww1q-WSQwtku0cspTBawHlG20klYhzkHhQu6tKgK2eXPyp6UCTUSyMHBscyiDWpb9D3Q2pl-pZb3yywCbQrgFjd9iwo9LwVkqH2juKX1Ylebo&__tn__=EH-R

प्रतिक्रिया

सम्बन्धित समाचार