महिला फुटबलको उत्सवमा स्वास्थ्य संस्थाको साथ : ‘गोल्डेन बुट’ प्रायोजन गर्दै नेचर डेन्टल
गौरादह । महिला खेलाडीको प्रतिभा र मेहनतलाई सम्मान गर्दै गौरादहमा आयोजना हुन लागेको प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३ लाई स्वास्थ्य क्षेत्रबाट पनि उल्लेखनीय साथ प्राप्त भएको छ। प्रतियोगितामा प्रदान गरिने ‘GOLDEN BOOT – HIGHEST SCORER’ पुरस्कारको प्रायोजन NATURE DENTAL AND GENERAL HEALTH CARE CENTER, गौरादह–१, झापाले गरेको छ।
महिला फुटबलको विकास, खेलाडीको उत्साह र स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा ‘गोल्डेन बुट’ जस्तो महत्वपूर्ण पुरस्कारको प्रायोजनले प्रतियोगिताको आकर्षण थप बढाएको आयोजक स्पर्श सामाजिक क्लबले जनाएको छ।
क्लबका अध्यक्ष उज्वल दाहालले महिला खेलाडीको मेहनत, प्रतिभा र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्ने अभियानमा साथ दिएको भन्दै NATURE DENTAL AND GENERAL HEALTH CARE CENTER प्रति हार्दिक आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया