गौरादहमा सुरु भयो लाखे नाच, आदिवासी दिवसमा गरियो दिप प्रज्ज्वलन
गौरादहमा यस वर्षको लाखे नाच आरम्भ गरिएको छ । गौरादह ५ स्थित भिमसेन मन्दिरमा पुजा अर्चना गरि लाखे नाचको सुरुवात गरिएको हो । हिन्दु धर्मावलम्बीले लाखेनाचको प्रारम्भ सँगै चाडबाडहरु नजिकिदै गएको विश्वास राख्दछन् । आज प्रारम्भ गरिएको लाखे नाच कृष्ण अष्ठमीको पवित्र दिन पारेर समापन गरिने आयोजक समितिको तर्फबाट याम श्रेष्ठले जानकारी गराए । विशेषगरि नेवारहरुको पवित्र संस्कृति मानिने लाखे पर्व गौरादहमा हरेक वर्ष धुमधाम साथ मनाइदै आएको निगेस नायाजु बताउछन् ।
आजै विश्व आदिवासी दिवसको अवसर पारेर गौरादह डिपु चोकमा दिप प्रज्ज्वलन गरिएको छ ।
नगर समिति अध्यक्ष डिल्ली श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको दिप प्रज्ज्वलन कार्यक्रममा लाखे नृत्य समेत गरिएको थियोे ।

प्रतिक्रिया