देशकाे राजनिति दुई धारमा
अहिले नेपालकाे राजनितिमा दुईधार देखापरेका छन।माअाेवादिले गरेकाे जनयुद्ध भित्र रूमलिएर गणतन्त्र वादि वनेका एमाले काँग्रेस र कान्छाे पार्टीको रूपमा भर्लरै स्थापना हुँदै गरेकाे रास्वपा गणतन्त्र पक्षमा दर्विलाे पहरेदारका रूपमा अगाडि देखिएका छन।यिनिहरू गणतान्त्रिक व्यवस्था जाेगाउन जस्तो सुकै काम गर्न पछि पर्दैनन् भन्ने कुराकाे प्रमाण अहिले भएका गतिविधि वाट प्रष्ट हुन्छ।भने गणतन्त्र फालेर राजसंस्था स्थापना गर्नलागेकाे अर्को शक्तिका रूपमा लिङ्देनकाे राप्रपा र विभिन्न अभियान समुहहरू लागिरहेका छन।
यसरी दुई धुर्वमा देखिन थालेकाे नेपाली राजनिति कुनशक्तिहरूले अाफ्नाे वर्चस्व कायम राख्न सक्लान त? व्यवस्था र अाैषधि सहि तरिकाले प्रयाेग गर्न सकेकाे खण्डमा अाफैमा खराव भने हुँदैनन्। २०४६ काे परिवर्तनले राजाका अधिकारहरू कटाैति गर्दै काँग्रेस र कम्न्युष्टले ल्याएकाे प्रजातन्त्रले नेपाल र नेपाली जनताकाे भावना अनुरूप सहिढंगले काम गर्न नसक्दा २०५२ सालमानै माअाेवादि पार्टीको जन्म हुन पुग्याे।काँग्रेस एमालेकाे अदुर्दर्सि पुर्ण कार्यनितिका कारण देशले पुन दशबर्ष दुन्दमा हाेमिनि पर्याे भने देश र जनताकाे भबिस्य निर्माणकाे अासा वाेकेका जनताले पुन २०६२-०६३ काे जनअान्दाेलनमा हाेमिन वाध्य भए अान्दोलन ले सफलता हात पर्याे देशमा पुन व्यवस्था परिवर्तन भयाे नेता परिवर्तन भएनन्,साथै देश र जनताकाे अवस्था परिवर्तन पनि भएन,मुठ्ठी भरका नेता हरूकाे अवस्था परिवर्तन भयाे,शिक्षा,स्वास्थ्य राेजगारजस्ता संवेदनशिल विषय झन जटिल वन्दै गयाे ,युवा विदेश पलायनहुनेत्रम झन वढ्याे वैदेशिक त्रृण अझै वृद्धि भयाे राज्यका सवै संयन्त्र हरू मुठ्ठी भर नेताकाे कब्जामा भए न्यायलय न्यायलय जस्तो भएन जनतामा झन ठुलाे निरासा उत्पन्न भए पछि देशमा पुन परिवर्तनकाे अास नेपाली जनतामा जागेर अाएकाेछ।
नेपाली जनताले परिवर्तनको अाश गरेका शक्ति हरूलाई निक्कै ठुलाे अासााका रूपमा हेरि रहेका छन।तर पनि परिवर्तन चाहाने शक्ति हरू जनभावना अनुरूप अाफ्ना उद्धेश्य प्राप्तिका लागि एकठाउँ हुन नसक्नुले फेरि जन्मनै लागेकाे अाशा पुन गर्भमा नै तुहिने त हेन? परिवर्तनको पक्षमा रहनेहरू भित्र स्प्रस्ट दुई धार छन एक जस्तोसुकै कठिन परिस्थिति सृजना भएपनि यहि व्यवस्था भन्दा बाहिर रहेर परिवर्तन गर्नुपर्छ भन्ने छन भने अर्कोतिर यहि व्यवस्था भित्र रहेर भाेलिका दिनमा सके परिवर्तन गराैंला नत्र यहि व्यवस्था भित्र रहेर राजनिती गराैंला भन्ने हरूकाे दम्भका कारण एक ढिक्का हुन नसकेकाे देखिन्छ ।व्यवस्था परिवर्तन सहज विषय हाेईन त्यसैले देशर जनताकाे भविष्य निर्माण गर्ने हेतु मात्र हाे भने अाफ्ना भाेलिका अवशरहरू त्यागेर अान्दोलन मा एक ढिक्का भएर लागे परिवर्तन सम्भव छ।ताक परे तिवारी नत्र गाेतामे हाे, भने फेरि पनि नेपाली जनतालाई मार्ने र मराउने खालका गतिविधि बन्द गरिनु पर्दछ।
प्रतिक्रिया