बुद्ध एयरले काठमाडौं–कोलकाता सीधा उडान पुनः सुरु गर्ने, पर्यटन र सम्बन्ध सुदृढ हुने अपेक्षा
बुद्ध एयरले आगामी भदौ १५ गते (सेप्टेम्बर १) बाट काठमाडौं–कोलकाता सीधा उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। लामो समयदेखि रोकिएको यो हवाइ सेवा पुनः सुरु हुन लागेपछि नेपालको अन्तर्राष्ट्रिय उडान नेटवर्क विस्तार हुने र भारतसँगको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।
बुद्ध एयरका अनुसार, यो सीधा उडानले नेपाली पर्यटक, विद्यार्थी, व्यापारी तथा कोलकातास्थित नेपाली समुदायलाई निकै राहत दिनेछ। साथै, कोलकाताबाट नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या बढ्ने र पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने कम्पनीको विश्वास छ।
नेपाल र भारतबीचको हवाई यातायात सहज बनाउन यो उडान महत्वपूर्ण हुने बताइएको छ। यो सेवा पुनः सुरु भएपछि पारिवारिक यात्रा, स्वास्थ्य उपचार, शैक्षिक तथा व्यवसायिक प्रयोजनका लागि यात्रारत यात्रुहरूलाई सहज पहुँच मिल्नेछ।
नेपाल पर्यटन बोर्डका अनुसार, कोलकाता भारतको एक महत्वपूर्ण पर्यटकीय स्रोत सहर हो, जहाँबाट हरेक वर्ष ठूलो संख्यामा पर्यटक नेपाल आउने गर्दछन्। यस्तो अवस्थामा यो सीधा उडानले पर्यटन पुनरुत्थानमा सघाउ पुग्ने देखिन्छ।
प्रतिक्रिया