श्रावण १४ २०८२, बुधवार

प्रधानमन्त्री ओली द्वारा गौरीगञ्ज–आमबारी सडक खण्ड 'रत्नपुल' को उद्घाटन (तस्बिर)

Ads

 

गौरिगञ्ज, झापा, असार २९, २०८२ — नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयद्वारा निर्माण सम्पन्न गरिएको गौरीगञ्ज–आमबारी सडक खण्ड 'रत्नपुल' आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।
उक्त उद्घाटनको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित रहेर उद्घाटन गर्नुभएको हो।

Ads

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको समृद्धि यात्रामा भौतिक पूर्वाधार, विशेषतः सडक र पुल निर्माणले निर्णायक भूमिका खेल्ने बताउँदै भन्नुभयो, “हुलाकी राजमार्गजस्तो दीर्घकालीन महत्वको परियोजनाले तराईका बस्तीहरूलाई सघन र सुलभ बनाउने मात्र होइन, राष्ट्रिय एकता र आर्थिक विकासको मेरुदण्ड बन्नेछ।”

Ads

उक्त NH-05 अन्तर्गत पर्ने २२ किलोमिटर लामो गौरीगञ्ज–आमबारी सडक खण्ड अन्तर्गत  १०० मिटर लामो रत्नपुल को निर्माणले झापाको दक्षिणी भेगमा यातायात सञ्जाललाई थप सशक्त बनाएको छ। यसले गौरीगञ्ज, गौरादह, दमक हुँदै भारतसँगको सीमा विन्दु र अन्तराष्ट्रिय व्यापार मार्गमा प्रत्यक्ष पहुँच दिने अपेक्षा गरिएको छ।

समारोहमा सांसद हिक्मत कार्की, प्रदेश मन्त्रीगण, झापा जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो। गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले स्थानीय जनताको लामो प्रतीक्षा अन्त्य भएको भन्दै प्रधानमन्त्रीप्रति आभार व्यक्त गरिन् । 

हुलाकी राजमार्ग अन्तर्गतका निर्माणाधीन बाँकी खण्डहरू समेत चाँडै सम्पन्न गरी समग्र तराई भूभागलाई पूर्व–पश्चिम सञ्जालमा जोड्ने सरकारको योजना रहेको सडक विभागका महानिर्देशकले जानकारी दिए । 

यस उद्घाटनसँगै झापा जिल्लाको यातायात, कृषि, पर्यटन तथा व्यापार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास स्थानीय बासिन्दाले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार
जेष्ठ १६ २०८२,शुक्रबार