श्रावण १५ २०८२, बिहिबार

साप्ताहिक "कसार" १६ औं वर्षमा प्रवेश: झापाबाट आवाज बुलन्द गर्दै

Ads


गौरादह/झापा — आफ्नो कर्मस्थल गौरादहलाई आधार मानेर २०६७ सालदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको झापाको साप्ताहिक पत्रिका "कसार" ले १५ औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ। 

विगतदेखि नै आवाज विहीनको आवाज बन्दै, विसंगति र बेथितिको विरुद्धमा कडा आवाज उठाउँदै आएको यस पत्रिकाले झापाका साथै समग्र समाजमा आफ्नो विशिष्ट स्थान बनाएको छ। यसले जीवनका यथार्थतालाई उजागर गर्दै, समस्याको समाधान खोज्न प्रेरित गर्दै पाठकहरूलाई मनोरञ्जन, कला, खेलकुद, प्रविधि, विश्व घटना र विचारका साथै विभिन्न सूचना प्रदान गर्दै आएको छ। 

Ads

वर्तमान समयमा पनि कठिनाइहरू र चुनौतीहरूलाई सामना गर्दै यसले आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै आइरहेको छ। डिजिटल युगको प्रतिस्पर्धामा छापाको माध्यमले आफूलाई नयाँ ढंगले प्रस्तुत गर्नुपर्ने चुनौतीलाई स्विकार गर्दै, यसले आफ्नो दिशा र उद्देश्यलाई थप स्पष्टता दिएको छ। 

प्रेस काउन्सिल नेपालले वार्षिक रूपमा गर्ने पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनमा "कसार" निरन्तर वर्गीकरणमा समावेश हुँदै आएको छ। २०७८/२०७९ को मूल्याङ्कनमा यसलाई 'ख' वर्गमा वर्गीकृत गरिएको हो। यस पत्रिकाले स्थानीय तहका गतिविधिहरूलाई प्रमुखता दिएर आम नागरिकको मन जित्न सफल भएको छ। 

Ads

प्रकाशक र सम्पादक वेणुप्रसाद अधिकारीको अथक प्रयास र परिश्रमले यस पत्रिकालाई यहाँसम्म ल्याएको हो। यस अवसरमा, यस संस्थालाई निरन्तर समर्थन र साथ दिने सबैलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित समाचार