श्रावण १६ २०८२, शुक्रबार

कीर्तिपुरका मेयरको निधनमा भोलि शोक विदा हुने

Ads

 

काठमाण्डौ – भोलि आइतवार काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ ।

Ads

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति  बेलुका निधन भएको हो ।

Ads

फोरमका अध्यक्ष चीरबाबु महर्जनले निकाल्नुभएको विज्ञप्तिमा नकर्मीको निधनको खबरले काठमाण्डौ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार