श्रावण १५ २०८२, बिहिबार

नेपालमा सञ्चालन हुने ७२ अर्ब रुपैयाँ बराबरका पाँच वटा आयोजनाको तयारी 'फास्ट ट्र्याक' मा

सरकारले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन हुने ७२ अर्ब रुपैयाँ बराबरका पाँच वटा आयोजनाको तयारी 'फास्ट ट्र्याक' मा गर्ने भएको छ ।
Ads

 

 

Ads

अर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाई पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेश गरिने योजना छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार