एयर एसियाले भैरहवाबाट उडान गर्ने भएपछि स्थानीयमा उत्साहित
२०७९ साल जेठ २ गते देखि २०८१ असार १५ गते सम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान जजीराले १ सय २६ उडान र अवतरण गरेको थियो भने हिमालयन एयरलाइन्सले ३६ पटक उडान र अवतरण गरेको थियो त्यस्तै नेपाल एयरलाइन्स ४२ पटक उडान र अवतरण गरेको थियो ।
विमानस्थल हालसम्म जजिरा, हिमालय र नेपाल एयरलाइन्सले उडान गरेको बताउनुभयो । जजिरा र हिमालय अहिले उडान रोकेको छ भने नेपाल एयरलाइन्सले हप्ताको एकदिन मलेसियाबाट भैरहवा अवतरण मात्र गर्ने गरेको छ ।
थाई एयर एसियाले बैंकक–भैरहवा उडानले लुम्बिनी क्षेत्रको पर्यटनमा राम्रै प्रभाव प्राने देखिएको छ । लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटक मध्ये सबैभन्दा धेरै पर्यटक थाइल्याण्ड बाट नै आउने गरेको लुम्बिनी बिकास कोषको तथ्याङ्कले पनि देखाउँछ । तथ्याङ्क अनुसार २०२४ को जनवरी देखि जुलाई सम्म मात्र लुम्बिनी आएका ५३ हजार ८ सय ९१ पर्यटक मध्य सबैभन्दा बढी थाइल्याण्ड बाट १२ हजार ४ सय ४२ जना आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ । थाई एयर एसियाको भैरहवामा हुने सिधा उडानले यस क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक प्रभाव पार्न देखिन्छ ।
प्रतिक्रिया