पोखराबाट बनारसका लागि तय भएको बुद्ध एयरको पहिलो उडान स्थगित
पोखरा, पुस १५, २०८१:
पोखराबाट भारतको बनारसका लागि तय भएको बुद्ध एयरको पहिलो अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले चीनको 'बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)' परियोजनासँग पोखरा विमानस्थललाई जोडिएका कारण भारतले उडान अनुमति नदिएको खुलासा गरेका छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएको हो। चीनले यसलाई बीआरआई परियोजनाअन्तर्गत रहेको अभिव्यक्ति दिएको कारण भारतले उडान अनुमति रोकेको दाबी गरिएको छ। यो विषयलाई लिएर पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल बीआरआईअन्तर्गत नभएको प्रस्ट पारेका छन्।
बीआरआईको विवादले उडान प्रभावित
बुद्ध एयरले दुई वर्षअघि पोखरा विमानस्थल उद्घाटनका क्रममा पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारसमा गर्ने घोषणा गरेको थियो। तर, भारतले अन्तिम समयमा अनुमति नदिँदा बुद्ध एयरले विमानस्थलको धावनमार्गमा परीक्षण उडानमा सन्तोष मान्नुपरेको थियो।
२०७९ पुस १६ मा विमानस्थल उद्घाटनको अघिल्लो दिन काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा विमानस्थललाई बीआरआई परियोजनाको प्रमुख सहयोगको रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमा बधाई सन्देश दिएको थियो। यही अभिव्यक्तिले भारतसँगको सम्बन्धमा विवाद सिर्जना गरेको देखिन्छ।
प्रतिक्रिया