तराईका धेरै स्थानमा हुस्सु, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा कुहिरो
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका धेरै स्थानमा घना हुस्सु लागेको छ भने गण्डकी प्रदेशका पहाडी भागमा कुहिरो देखिएको छ।
दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ, तर बाँकी स्थानको मौसम सफा रहने अनुमान गरिएको छ। राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली देखिनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले बिहान तराई र काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना औंल्याएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया