वैशाख ०८ २०८३, मंगलबार

सारथी युवा क्लब अध्यक्षमा कँडेलको निरन्तरता

Ads

 

सारथि युवा क्लबको अध्यक्षमा गोविन्द कँडेल नयाँ कार्यालयको लागि पुन निर्वाचित भएका छन् । गौरादह १ स्थित पञ्चेश्वर शिवालय मन्दिरको सत्सङ हलमा आयोजित  कँडेलको अध्यक्षतामा  १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गर्दै दोश्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । 
नव गठित कार्यसमितिको उपाध्यक्षमा गिता खतिवडा दङ्गाल र विवेक डाँगी, सचिबमा कुलबहादुर थापा, सहसचिवमा बासुदेव अधिकारी, कोषाध्यक्षमा मुना खड्का तथा सदस्यहरुमा सन्जय दाहाल, सुमन खत्री, भक्तिमाया तामाङ, अनिता भण्डारी, मनोज ओझा, विकल उप्रेती, भक्तिप्रसाद ढुंगाना, टेक बहादुर निरौला र योगेन्द्र प्रसाद पाठक रहेका छन् । 

Ads

कोशी प्रदेश सभा सभामुख अम्बर बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको खुला सत्रलाई सम्बोधन गर्दै सभामुख विष्टले सारथि युवा क्लब स्थापना र यश संस्थाले स्थापना कालको छोटो समयमा निर्वाह गरेको सामाजिक भुमिकाको चर्चा गर्दै वर्तमान राजनीतिक सन्दर्भलाई जोडेका थिए ।  

कार्यक्रममा अध्यक्ष, सचिब र कोषाध्यक्षको प्रतिवेदन वाचन गर्दै अध्यक्ष कँडेलले संस्थाको कुल मौज्दात ४ लाख ९ हजार ४ सय ७२ रहेको जानकारी गराए । 

Ads

सारथि युवा क्लब तीन वर्ष अगाडि गौरादहका स्वतन्त्र व्यक्तिहरु संगठित भई स्थापना गरिएको सामाजिक संस्था हो । स्थापना काल देखि नै सामाजिक कार्यहरूमा कृयाशिल रहदै आएको यस संस्थालाई पारदर्शीताको अनुकरणीय उदाहरण भएको संस्थाको रूपमा स्थानीयले लिने गरेका छन् । 

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भन्डारी, गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख द्वय भोजराज दाहाल र सुरेश बहादुर पौडेल, जनता मा वि का निवर्तमान प्रधानाध्यापक हरि अधिकारी, समाजसेवी व्यवसायी दिल बहादुर खत्री , पर्दाफास मिडिया प्रा. लि. प्रवन्ध निर्देशक सान नेपाल लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सभापतित्व संस्था अध्यक्ष गोविन्द कँडेल तथा कार्यक्रमको सञ्चालन संस्थाका सचिब ई. भानु आचार्यले गरेका थिए । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार