जेष्ठ ०४ २०८३, सोमबार

गौरादह नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Ads


गौरादह नगरपालिका ले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत हालसम्म सम्पन्न भएका योजना, कार्यक्रम तथा विकास निर्माण कार्यबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
मिति २०८३ वैशाख ३१ गते आयोजित कार्यक्रममा नगर प्रमुख छत्रपति सुवेदी को अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख जलवर्षा राजवंशी ले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका विभिन्न विकास निर्माण, पूर्वाधार, सामाजिक तथा सेवा प्रवाहसँग सम्बन्धित गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो। सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासी, बुद्धिजीवी, सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नगरपालिकाको सेवा प्रवाह, योजना कार्यान्वयन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफ्ना गुनासा, जिज्ञासा तथा सुझाव राखेका थिए।
उठाइएका प्रश्न तथा चासोमाथि नगर प्रमुख सुवेदी र उपप्रमुख राजवंशीले जवाफ दिँदै जनताका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जनसहभागिता उल्लेखनीय रहेको नगरपालिकाले जनाएको छ। सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद तथा उत्तरदायित्व अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार