आश्विन १३ २०८३, मंगलबार

गौरादहमा १ दिने बदाम खेती तालिम तथा निःशुल्क बीउ वितरण हुने

 

 

गौरादह, झापा — गौरादह नगरपालिकाले किसानहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्दै बदाम खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले १ दिने बदाम खेतीसम्बन्धी तालिम तथा निःशुल्क बीउ वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

May be an image of text

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित बाली प्रदर्शन कार्यक्रम (NAST, NARC र GAC को समन्वयमा) अनुसार कार्यक्रम आयोजना गरिएको जनाएको छ।

कार्यक्रममा सहभागी किसानलाई अधिकतम १० केजीसम्म निःशुल्क बदामको बीउ उपलब्ध गराइनेछ। बदाम खेती गर्न इच्छुक किसानहरूले सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र अर्थात् असार ५ गतेसम्म कृषि विकास शाखामा आफ्नो नाम दर्ता गराउनुपर्ने नगरपालिकाले जनाएको छ।

तालिम असार ६ गते शनिबार बिहान १०:०० बजेदेखि नमुना एकीकृत सहकारी खेती बीउ उत्पादन समूह, गौरादह–५ मा सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाले बदाम खेतीमा रुचि भएका किसानहरूलाई समयमै नाम दर्ता गराई कार्यक्रमको लाभ लिन आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार