श्रावण १९ २०८३, मंगलबार

हामी राष्ट्रिय राजनीतिको मूलधारबाट टाढिने अवस्थामा छौं - शंकर पोख्रेल

 

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा पुगेको बताएका छन्। 

सोमबार २४औँ बोत्ले स्मृतिका अवसरमा काठमाडौँमा भएको विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले कम्युनिस्ट आन्दोलनप्रति युवाहरू आकर्षित हुन नसक्दा यस्तो अवस्थामा पुगेको बताएका हुन्। 


‘कुनै समय वामपन्थी पार्टीका पक्षमा ६० प्रतिशतको हाराहारीमा मत थियो’, उनले भने, ‘तर आज हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ।’ 


उनले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको अवस्था पहिलो,दोस्रो पनि होइन, तेस्रो र चौथो स्थानमा पुगेको बताए। 

उनले नवयुवाहरूको उपस्थिति कम्युनिस्ट कार्यक्रममा प्राय हुनै छाडेको पनि बताए।

‘हाम्रो राजनीति, अपिल र कार्यशैलीले युवाहरूलाई आकर्षित गर्न सकेको छैन । अझ भन्नुपर्दा स्मार्ट फोनमा हुर्किएको युवा पुस्ता, जसले छिटो परिणाम खोज्छ’, महासचिव पोखरेलले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार