जेष्ठ २० २०८३, बुधवार

दिल्लीमा रवि–मोदी भेट : नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने संकेत

Ads

 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार भारतको राजधानी दिल्लीमा भेटवार्ता भएको छ। दुवै नेताबीच करिब एक घण्टा भएको भनिएको वार्तामा नेपाल–भारत सम्बन्ध, विकास सहकार्य र भविष्यको साझेदारीका विषयमा छलफल भएको जनाइएको छ।
भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपालसँगको सम्बन्धलाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै नयाँ नेतृत्वसँग सहकार्य गर्न भारत इच्छुक रहेको सन्देश दिएका छन्।
उता, रास्वपा सभापति लामिछानेले वार्तालाई रचनात्मक संवादको रूपमा चित्रण गर्दै नेपाल र भारतबीच विगतका जटिलताभन्दा विकास, कनेक्टिभिटी र विश्वासमा आधारित नयाँ अध्याय सुरु गर्न सकिने धारणा व्यक्त गरेका छन्। उनले साझा सभ्यता, डिजिटल सहकार्य र सहज आवतजावतलाई आगामी सम्बन्धको आधार बन्न सक्ने बताएका छन्।
भेटमा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विक्रम मिस्री सहभागी रहेको जनाइएको छ। नेपाली प्रतिनिधिमण्डलमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सांसदहरू तथा दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधिहरू सहभागी थिए।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय जनता पार्टीका शीर्ष नेताहरू, गृहमन्त्री अमित शाह तथा विदेशमन्त्रीसँग पनि भेटघाट गरिसकेका छन्। राजनीतिक वृत्तमा यो भ्रमणलाई नेपालमा बनेको नयाँ राजनीतिक समीकरणपछि भारतले देखाएको चासोका रूपमा पनि हेरिएको छ।
यसैबीच नेपाल–भारत सीमा विवाद र त्यसको समाधानबारे नेपालमा भइरहेको बहसका बीच भएको यो भ्रमणलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा समेत व्याख्या गर्न थालिएको 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार