सूचना विभागले सूची सार्वजनिक गर्यो अनलाइन मिडियाको दर्ता तथा नवीकरण (विवरण सहित)
काठमाडौँ । सूचना तथा प्रसारण विभागले आव २०८२/८३ मा दर्ता तथा नवीकरण भएका अनलाइन सञ्चारमाध्यमहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ।
विभागले मिति २०८२ वैशाख १ गतेदेखि २०८३ असार ३२ गतेसम्म विभागमा दर्ता र नवीकरण भएका अनलाइन मिडियाको सूची आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको हो।
उक्त सूचीमा नयाँ दर्ता र नवीकरण गरी ठूलो संख्यामा अनलाइन सञ्चारमाध्यम समावेश छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै अनलाइन मिडिया केन्द्रित देखिएका छन् भने कोशी, लुम्बिनी, गण्डकी लगायतका प्रदेशमा पनि उल्लेखनीय संख्यामा अनलाइन मिडिया सक्रिय रहेको सूचीबाट प्रष्ट हुन्छ।
विभागले यसअघि मिति २०७३ चैत ९ गतेदेखि २०८३ वैशाख १५ गतेसम्मको समग्र दर्ता सूची पनि सार्वजनिक गरिसकेको छ। यसबाट नेपालमा अनलाइन सञ्चारमाध्यमको संख्या निरन्तर बढिरहेको देखिन्छ।
हालै सरकारले ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ मार्फत अनलाइन मिडियाको दर्ता तथा नवीकरण शुल्क तोकेको छ। नयाँ व्यवस्था अनुसार नयाँ दर्ताका लागि पाँच हजार र नवीकरणका लागि दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले नवीकरण नगर्ने अनलाइन मिडियालाई कारबाहीको चेतावनी दिँदै आएको छ। पछिल्ला महिनाहरूमा विभागले बारम्बार नवीकरणसम्बन्धी जरुरी सूचना जारी गर्दै आएको छ।
अनलाइन मिडियाको संख्यामा तीव्र वृद्धि भए पनि गुणस्तर, व्यावसायिकता र जवाफदेहिताको विषय भने अझै चुनौतीपूर्ण रहेको सञ्चार क्षेत्रका जानकारहरू बताउँछन्।
विभागको आधिकारिक वेबसाइट doib.gov.np मा पूर्ण सूची PDF फाइलको रूपमा उपलब्ध छ।
स्रोत : सूचना तथा प्रसारण विभाग, नेपाल सरकार
प्रतिक्रिया