रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ। आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो।
वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको सहमतिअनुसार भूपदेव महामन्त्री चयन भएका हुन्। बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अछाम–२ बाट उम्मेदवार बनेका शाह पराजित भएका थिए। त्यसबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो। तर लम्साल अहिले भौतिक पूर्वाधारमन्त्री रहेकाले उनको ठाउँमा भूपदेवलाई महामन्त्रीको जिम्मेवारी दिइएको पार्टीका एक नेताले जानकारी दिए।
प्रतिक्रिया