खैरो हेरोइनजस्तो पदार्थसहित मेचीनगरमा १९ वर्षीय युवक पक्राउ
झापा । मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट प्रहरीले ६ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० बस्ने १९ वर्षीय संजय दास रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ९०८३ नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको जनाएको छ।
प्रहरीले सिटी सफारीका चालकसमेत रहेका दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया