बर्दियामा छोरामाथि आफ्नै बुवाको हत्या गरेको आरोप, १९ वर्षीय युवक पक्राउ
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।
गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यलाई आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको हो। मृतकको मृत्युको वास्तविक कारण तथा घटनाको विस्तृत परिस्थितिबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा कुटपिटको कारण, पारिवारिक अवस्था तथा अन्य सम्भावित पक्षबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दिपक कुमार थापाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री, भेरी–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।
प्रहरीका अनुसार साउन २५ गते राति भेरी नगरपालिका–१० नुवागाउँमा बिरेन्द्र खत्रीसहितका व्यक्तिहरूले कुटपिट गर्दा थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगञ्जस्थित केयर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा साउन २८ गते मृत्यु भएको थियो।
घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको अभियोगमा पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, प्रहरीले घटनाको कारण, कुटपिटमा संलग्न व्यक्तिहरूको भूमिका तथा मृत्युको घटनासँग सम्बन्धित अन्य पक्षबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका सरगममाथि कानुनी प्रक्रिया अघि बढाउँदै घटनाको थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया