आश्विन ०२ २०८३, शुक्रबार

समस्याग्रस्त सहकारीका ३,२७२ बचतकर्ताले पाए ४ करोड २५ लाख

काठमाडौं। समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने सरकारी अभियानअन्तर्गत ३ हजार २७२ जना बचतकर्ताले ४ करोड २५ लाख रुपैयाँ फिर्ता पाएका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सार्वजनिक ड्यासबोर्डमा देखिएको २०८३ भदौ ३१ गतेसम्मको आवधिक तथ्यांक अनुसार उक्त रकम बचतकर्तालाई फिर्ता गरिएको हो।

ड्यासबोर्डमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तासँगै ऋण असुलीको प्रगतिसमेत देखाइएको छ। जसअनुसार हालसम्म २९० जना ऋणीबाट ८ करोड ४९ लाख रुपैयाँ ऋण असुल भएको उल्लेख छ।

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको छ। बचत फिर्तासँगै सहकारीको सम्पत्ति पहिचान, ऋण असुली तथा बचत मिलानमार्फत रकम व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब ४ हजार बचतकर्ताको रकम पूर्ण, आंशिक तथा बचत मिलानमार्फत फिर्ता गरिएको जनाएको थियो। समितिका अनुसार अझै ठूलो संख्यामा बचतकर्ताको रकम फिर्ता गर्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार