श्रावण २९ २०८३, शुक्रबार

गोरखाको भीमसेन थापा गाउँपालिकामा चक्रपथले गति लिँदै

२० साउन, गोरखा । पालिकाका आठै वडालाई पक्की सडकले जोड्ने लक्ष्य सहित भीमसेन थापा गाउँपालिकाले सुरु गरेको चक्रपथ निर्माणले गति लिन थालेको छ । कुल २४ किलोमिटर दुरीको उक्त सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । झिंगटेबाट चण्डिगैरासम्म पहिलो खण्ड, चण्डीगैरादेखि बोर्लाङ ठाँटी हुँदै तान्द्राङ खोलासम्म दोस्रो खण्ड र तान्द्राङ खोलादेखि सिमलाफेदसम्म तेस्रो खण्ड भनी विभाजन गरिएको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । तीनवटै खण्डमा छुट्टाछुट्टै ठेक्का लागेर काम भइरहेको उनले जानकारी दिए ।

हिलो खण्डमा हालसम्म करिव दश करोड रुपैयाँको काम भएको छ । ‘पालिकाको मात्रै करिव पाँच करोड लगानी भइसक्यो’, इन्जिनियर कपिल पनेरुले भने, ‘बाँकी पाँच करोड लगानी गण्डकी प्रदेश सरकारबाट भएको हो ।’

उनका अनुसार करिव आठ किलोमिटरको उक्त खण्डमा ६.५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । एक किलोमिटर ढलान र करिव ६ किलोमिटर नाला निर्माण भएको इन्जिनियर पनेरुले जानकारी दिए ।

दोस्रो खण्डमा भने वनसम्बन्धी एक मुद्दाका कारण काम प्रभावित भएको छ । यो खण्डमा जम्मा ३० लाखको मात्र काम भएको छ । करिव एक सय मिटर सडक ढलान र केही ठाउँमा ह्युमपाइप राख्नेबाहेक अरु काम नभएको पालिकाले जनाएको छ ।

उक्त खण्डको ऐरिभञ्ज्याङदेखि कटलेचौरसम्म सडक ट्रयाक खोल्ने क्रममा वन फडानीको मुद्दा लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार