वैशाख ०४ २०८३, शुक्रबार

नेपाल सम्बत् ११४५ को अवसरमा गौरादहमा "न्हुदँया भिन्तुना" कार्यक्रम सम्पन्न (तस्बिरहरु)

नेवा: देय् दबू गौरादह नगरसमिति द्वारा "न्हुदँया भिन्तुना" कार्यक्रमको भव्य आयोजना गरिएको छ।
Ads


गौरादह नगरपालिकामा नेपाल सम्बत् ११४५ को उपलक्ष्यमा नेवा: देय् दबू गौरादह नगरसमिति द्वारा "न्हुदँया भिन्तुना" कार्यक्रमको भव्य आयोजना गरिएको छ। कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइने नेपाल सम्बत् नेवारी समुदायबीच परम्परागत रूपमा मनाइँदै आएको महत्त्वपूर्ण पर्व हो। देशव्यापी रूपमा कार्यक्रम आयोजना भइरहदा यस वर्ष वडा नम्बर १ स्थित गोल्डेन सनराइज मा.वि. को परिसरमा विभिन्न कार्यक्रम सहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख छत्रपती सुवेदी हुनुहुन्थ्यो भने सभापति डिल्लीराम श्रेष्ठ र विशिष्ट अतिथि जलवर्षा राजवंशी थिए। कार्यक्रमको सञ्चालन नगर उपाध्यक्ष यम बहादुर श्रेष्ठले गर्नुभएको थियो। यस अवसरमा प्रमुख अतिथि नगर प्रमुख छत्रपती सुवेदी , उप प्रमुख जलवर्षा राजवंशी, वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले टोखा टीका अर्पण गर्दै वहाहरुले सहभागीहरूलाई शुभकामना दिनुभएको थियो। नेवा: देय् दबू गौरादह नगरसमिति मुख्य सल्लाहकार तथा भद्रकाली मा. वि. का प्र. अ. रेवलाल श्रेष्ठले नेपाल सम्बत् र महपूजाको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै नेपाल सम्बत्ले नेपाली संस्कृतिको विशेषता र मौलिकता झल्काउने बताए।

Ads

डि एन चौहान सम्मानित, कलाकारहरु सम्मानित 

यसै अवसरमा सामाजिक क्षेत्रमा उर्जाशिल युवा व्यवसायी डि. एन. चौहानलाई सम्मान अर्पण गरिएको छ । वहाँले गौरादह ५ मा निर्मित भिमसेन मन्दिरमा भौतिक संरचना निर्माणको लागि नगद २४ हजार दान गर्नु भएको थियो । उक्त नगदबाट मन्दिरमा घण्टी स्थापना गरिएको छ । चौहानलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियोे । त्यस्तै गत भाद्र महिनामा सञ्चालित लाखे नाचको अवसरमा नृत्य प्रस्तुत गर्ने बाल कलाकारहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।  

Ads

नेपाल सम्बत्, नेपालको मौलिक पात्रो प्रणाली हो जसको शुरुवात समाजसेवी शङ्खधर साख्वाले गरेका हुन्। वि.सं. ९३६ मा कान्तिपुरका राजा राघवदेवको शासनकालमा शङ्खधरले कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्बत् स्थापना गरेका थिए। किम्बदन्ती अनुसार, शङ्खधरले लखुतीर्थबाट बालुवा झिकेर ल्याएको बालुवा सुनमा परिणत भएपछि उनले त्यस सुनबाट जनताको ऋण तिरेर ऋणमुक्त समाजको स्थापना गरेका थिए। यस योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्बत्लाई सरकारी कामकाजको भाषा बनाउन सहयोग गरेका थिए।

नेपाल सम्बत्ले नेपालीको मौलिक भाषा, संस्कृति, र परम्परालाई सजीव राख्ने काम गरेको छ। यस पात्रो प्रणालीलाई आज पनि महत्त्वका साथ मनाइन्छ। सन् १९९९ मा नेपाल सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्दै उहाँको योगदानको सम्मान गरेको थियो। यस कार्यक्रमले गौरादहका नागरिकहरूलाई आफ्नो संस्कृति, इतिहास र मौलिकता प्रति गर्व गर्न प्रेरित गरेको छ।

Ads

यो पनि पढ्नुहोस् 

प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शङ्खधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे। शङ्खधरले ती भरियाहरूलाई फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई अह्राए। ज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें त्यो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो। त्यसपछि शङ्खधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे। विभिन्न ज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे। 

 

प्रतिक्रिया

सम्बन्धित समाचार