गौरादह नगरपालिकाले प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गर्ने
हालै आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकोले प्रधानमन्त्री उद्धार कोषमा गौरादह नगरपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गरिने निर्णय भएको छ।
यस सहयोग राशीमा जनप्रतिनिधिहरूबाट पाँच दिनको पारिश्रमिक र कर्मचारीहरूको तीन दिनको पारिश्रमिक समावेश गरिएको छ। थप आवश्यक रकम गौरादह नगरपालिकाको उद्धार कोषबाट थप गरी पाँच लाख रुपैयाँ पुर्याइएको छ।

यस कदमले विपत्तिमा परेको समुदायलाई राहत पुर्याउने उद्देश्य राखेको छ भने नगरपालिका प्रमुखले आपद् राहत कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया