माघ २३ २०८१, बुधवार

योग र साधनाको लागि नेपाल स्वर्गभूमि - मुख्यमन्त्री हिक्मतकुमार कार्की

Ads

विराटनगर । योग र साधनाको लागि नेपाल उपयुक्त स्थान भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज विश्व योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले योगका आदिदेवता भगवान शिवले पनि यही भूमिमा योगाभ्यास र ध्यान गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको बताउनुभयो । शिवका शिष्यहरुले नेपालबाट योग र ध्यानलाई विश्वमा फैलाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'नेपाल हिमालको काखमा छ, योगसाधनाको दृष्टिकोणले नेपाल उपयुक्त स्थान हो ।' 
मुख्यमन्त्री कार्कीले खानपान र व्यस्तजीवन शैलीका कारण मानिसले जीवनलाई उर्जामय बनाउन नसकिरहेको अवस्थामा ध्यान र योग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले  अनुशासनको अभावमा धेरै खालका विकृतिहरु देखिरहेको चर्चा गर्दै व्यक्तिलाई अनुशासित बनाउन पनि ध्यान र योग महत्वपूर्ण हुने चर्चा गर्नुभयो । 
डिसेम्बर ६ तारिखलाई संयुक्त राष्ट्रसंघले विश्व ध्यान दिवस घोषणा मनाउन थालिएको हो । यो वर्ष विश्व ध्यान दिवस विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने नाराका साथ मनाइँदै छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार