माघ २३ २०८१, बुधवार

अन्तरास्ट्रिय ध्यान दिवसको अवसरमा गौरादहमा गुरुकुलमा ध्यान शिविर

Ads

 

गौरादह, झापा – अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा गौरादह-१ स्थित गुरुकुल संस्कृत विद्यालयमा विशेष ध्यान शिविर सम्पन्न भएको छ। महर्षी फाउन्डेसनका ध्यान प्रशिक्षक तोयानाथ खनाल र छविलाल ढुङ्गानाको सहजीकरणमा आयोजित यस शिविरमा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

Ads

महर्षी फाउन्डेसनले डिसेम्बर २१ को दिन नेपाली समयअनुसार बिहान ८:४५ बजे विश्वभरका १३९ राष्ट्रमा एकसाथ ध्यान शिविर सञ्चालन गर्ने परम्परा कायम राख्दै यस वर्ष पनि यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्‍यो।

गुरुकुल संस्कृत विद्यालयको महत्त्वपूर्ण भूमिका

Ads


गौरादह-१ मा रहेको गुरुकुल संस्कृत विद्यालय महर्षी फाउन्डेसनको आर्थिक तथा भौतिक सहयोगमा सञ्चालन हुँदै आएको छ। विद्यालयको सत्सङ हलमा आयोजित यस कार्यक्रममा जानकेश्वर शिवालय मन्दिरका अध्यक्ष सुरेश बहादुर पौडेलसहित अन्य स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

ध्यान र योगप्रति अभिरुचि बढ्दै


कार्यक्रमका क्रममा योग प्रशिक्षक राजुचन्द्र दाहालले ध्यान साधनाको महत्त्व र विधिका बारेमा संक्षिप्त प्रशिक्षण दिएका थिए। पतन्जली योग र विपसना ध्यानजस्ता साधनाहरूको फाइदा र यसले मानसिक तथा शारीरिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावका बारेमा चर्चा गरिएको थियो।

यो शिविरले स्थानीय समुदायलाई ध्यान र योगप्रति थप प्रेरणा प्रदान गर्नुका साथै, अन्तर्राष्ट्रिय स्तरमा ध्यान साधनालाई प्रोत्साहन गर्ने महर्षी फाउन्डेसनको लक्ष्यमा टेवा पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार