श्रावण ३१ २०८३, आइतबार

नेपाल महिला संघ स्थापना दिवसको अवसर पारेर वृक्षरोपण

 

नेपाल महिला संघ नगर समिति गौरादहको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । संगठनको ७७ औं स्थापना दिवसको अवसर पारेर गौरादहमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । 

वृक्षारोपण सँगै विपी स्मृति भवन गौरादह २ मा आयोजित समारोहमा आवद्ध संगठन र नेपाली कांग्रेसका नेताहरुले शुभकामना मन्तव्य राख्दै संगठनका भावी चुनौती र विविध पक्ष बारे चर्चा परिचर्चा गरिएको थियो । 

संघकि कार्यवाहक नगर सभापति नीता प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला नेत्री  लक्ष्मी बारकोटि प्रसाई, नेपाली कांग्रेस गौरादह नगर सभापति गोपाल प्रसाद कोइराला, शिक्षक तथा बुद्धिजीवी बाबूराम भण्डारी, पुर्व नगर प्रमुख रोहित कुमार शाह , जनप्रतिनिधि  टिका देवी श्रेष्ठ चूड़ाल,  साबित्रा बिस्ट, सरिता कार्की,  वडा नम्बर ५ वडा सभापति तारा कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे । 

प्रतिक्रिया

सम्बन्धित समाचार