श्रावण २९ २०८३, शुक्रबार

सारथी युवा क्लबद्वारा गौरादह बजार क्षेत्रमा सफाइ अभियान सम्पन्न

 

गौरादह, १५ वैशाख — सारथी युवा क्लबले आज बिहान गौरादह बजार क्षेत्रमा सफाइ अभियान सञ्चालन गरेको छ। क्लबका पदाधिकारी तथा सदस्यहरू हातमा झाडु लिएर बिहानै गौरादह बजार क्षेत्रमा पुगेका थिए।

May be an illustration of text

सफाइ अभियान अन्तर्गत सडक किनारा, खुला क्षेत्र र बजार वरपरका फोहोरमैला संकलन गरी व्यवस्थित गरिएको थियो। अभियानमा क्लबका अध्यक्ष, सचिव, सदस्यहरू तथा स्थानीय युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

सारथी युवा क्लबले यस अभियानमार्फत स्थानीयवासीहरूलाई स्वच्छ वातावरणको महत्वबारे जनचेतना फैलाउने लक्ष्य राखेको जनाएको छ। क्लबका पदाधिकारीहरूले नियमित रूपमा यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको जानकारी दिएका छन्।

स्थानीय व्यापारी र सर्वसाधारणले युवा क्लबको यो प्रयासको खुलेर प्रशंसा गरेका छन् र आगामी दिनमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार