सरकार र शिक्षकबीचको वार्ता फेरि निष्कर्षविहीन, आन्दोलन यथावत
काठमाडौं, वैशाख १७।
शिक्षकहरूले अघि सारेका मागहरूबारे सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार रातिसम्म चलेको वार्ता पुनः निष्कर्षविहीन बनेको छ।

वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले संक्षिप्त प्रतिक्रिया दिंदै, "हामी शिक्षकहरूसँग वार्तामा छौँ। त्यो सकारात्मक ढंगले अघि बढिरहेको छ। सम्भव भएसम्म छिटो निष्कर्षमा पुग्ने प्रयास गर्दैछौँ," भन्नुभयो। तर, उनले स्पष्ट समाधानबारे केही खुलाएनन्।
वार्तामा लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षक टोली सहभागी थियो। शिक्षक संगठनहरूले चैत २० गतेदेखि आफ्ना विभिन्न पेशागत मागहरू लिएर आन्दोलन जारी राखेका छन्।

यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेको थिएन। वार्ता निरन्तर भए पनि समाधानको टुंगो नलागेपछि आन्दोलन अझै पनि यथावत रहने संकेत शिक्षक नेताहरूले दिएका छन्।
प्रतिक्रिया