वैशाख ३१ २०८३, बिहिबार

एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र

Ads

विराटनगर।नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको हो। उहाँले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको हो। ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशले सक्ने जति मागहरू पूरा गर्ने र अरु मागलाई बिस्तारै पूरा गर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र  बुझाइएको हो।  सो कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी हुनुहुन्थ्यो। उहाँले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो।

May be an image of ticket stub and text

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार