वैशाख ०४ २०८३, शुक्रबार

राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै

राजसंस्था पुनर्स्थापनाको माग गर्दै हिजो गणतन्त्र दिवसको दिन पारेर सुरु गरिएको  राजावादीहरुको  आन्दोलन आज  माइतीघरमा केन्द्रित हुने भएको छ।    आजको प्रदर्शन हिजोको भन्दा ठुलो हुने राप्रपा केन्द्रिय सदस्य तथा वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलाले बताएका छन्।
Ads

 

राजसंस्था पुनर्स्थापनाको माग गर्दै हिजो गणतन्त्र दिवसको दिन पारेर सुरु गरिएको  राजावादीहरुको  आन्दोलन आज  माइतीघरमा केन्द्रित हुने भएको छ।    आजको प्रदर्शन हिजोको भन्दा ठुलो हुने राप्रपा केन्द्रिय सदस्य तथा वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलाले बताएका छन्।   
'हिजोको हाम्रो उपस्थितिले गणतत्रवादीहरुको साटो गएको छ, गणतत्र स्थापाना गर्न गरिएको १९ दिने आन्दोलन भन्दा ठुलो आँधीवेरी आउने निश्चित छ। ', संग्रौलाले भने।  
'व्यवस्था विरुद्दको कुनै पनि आन्दोलन सहज हुँदैन, हामी राजधानी केन्द्रित आन्दोलनमा छौं।  बाहिर बाट आएका साथीहरु निकै कष्टकर तरिकाले काठमाण्डौमा बस्नु भएको छ।  कोहि साथि भाईकोमा त कोहि आफन्तको घरमा बसेर आन्दोलनमा होमिनु भएको छ।    यो पटक राजसंस्था स्थापना नभए सम्म आन्दोलन जारी रहने छ।', आन्दोलनको बारेमा जानकारी दिंदै नेता संग्रौलाले भने।  
  
यसअघि, राजावादी समूहले शान्तिबाटिकामा प्रदर्शन गरेको थियो। राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको माग छ ।
संघीयता खारेजीको माग गर्दै राजावादी समूहले अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ, जसमा राप्रपा र अन्य संघसंगठनहरू छन्।
काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको नेता संग्रौलाको भनाई रहेको छ।   

Ads


यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । 

राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । 

Ads

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार