भदौ २० २०८३, शनिबार

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति एमाले सांसद बास्कोटाको असहमति

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपा एमालेकै सांसद गोकुल बास्कोटाले असहमति जनाएका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको थिएँ मैले। तर सरकारले त उत्तर कोरिया पो बनाउने भएछ। बिकृति अन्त्य गर्न सूचनामा विर्को लगाउने हैन नि।”

उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी र प्राविधिक उपाय आवश्यक भए पनि सूचनामाथि प्रतिबन्ध लगाउनु उपयुक्त समाधान होइन।

बास्कोटाले सरकारले सूचनामाथि नियन्त्रण लगाएर होइन, सुव्यवस्थित नीति र कानुन बनाएर सामाजिक विकृति अन्त्य गर्नुपर्नेमा जोड दिए।

यसअघि आजै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स (ट्विटर), युट्युबलगायतका लोकप्रिय सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार