शुभलक्ष्मी सहकारीको २७ औं बार्षिक प्रतिबेदन सार्वजनिक
जेबि खड्का
गौरादह/ शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था गौरादहले संस्थाकाे २७ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिबेदन सार्वजनिक गरेकाे छ। संस्थाकाे सभाहलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि संस्थाका अध्यक्ष प्रकाश कार्कीले प्रतिबेदन सार्वजनिक गरेका हुन। अध्यक्ष कार्कीले सार्वजनिक गरेकाे प्रतिबेदनमा आर्थिक बर्ष २०८१/०८२ मा संस्थाले ७६ कराेड ८४ लाख ८० हजार ९ सय ९६ कुल काराेवार गरेकाे जानकारी गराएका थिए। संस्थामा ८ कराेड ३१ लाख ८९ हजार ६ सय शेयर पुँजी रहेकाे र ७१ लाख ४९ हजार ३ सय ३१ खुद नाफा गरेकाे जानकारी गराएका थिए। गौरादहमा प्रधान कार्यलय रहेकाे संस्थाले हालसम्म गौरादह नगरपालिकाकाे बैगुन्धुरा र चप्रामारीमा सेवा केन्द्र खाेली सेवा दिइरहेकाे छ। संस्थाले सेयर सदस्यहरुलाई दुर्घटना मृत्यु बिमा, घातक राेग लागेमा बढिमा एक पटक संस्थाले निर्धारण गरेकाे उपचार सुबिधा र बिरामी भई अस्पताल जानुपरेमा संस्थाकाे एम्बुलेन्समा छुट दिएकाे जानकारी गराएका थिए।संस्थाले सेयर सदस्यलाई सुत्केरी सुबिधा, संस्थाकाे स्थापना दिवसमा बिद्यार्थीहरुलाई कपडा तथा पाठ्यसामग्री बितरण गरेकाे जानकारी गराएका थिए। संस्थाकाे २७ औं बार्षिक साधारणसभामा उत्कृष्ट बचत तथा ऋण काराेवार गर्ने सदस्य २१ जना, नियमित बचत तर्फ १ जना, रेमिट काराेवार तर्फ १ जना, महिला समूह तर्फ १ समूह, सहकारी पसल सामान खरिद तर्फ ७ जना गरि ३२ जनालाई सम्मान गरिने जानकारी गराएका थिए। साधारणसभाका अवसरमा जेष्ठ सेयर सदस्य २ जना, पुर्ब संचालक समिति तर्फ १ जना, कर्मचारी तर्फ १ जना र शुभलक्ष्मी शैक्षिक पुरस्कारबाट ७ जना पुरस्कृत हुने अध्यक्ष कार्कीले जानकारी गराएका छन।संस्थाका सेयर सदस्य याम कुमारी कार्कीका छाेरा रिदम खड्का द भाेइस अफ किड्स सिजन फाेरमा आठौ स्थान सम्म पुग्न सफल भएकाेमा साधारणसभामा सम्मान गरिने जानकारी गराएका छन। संस्थाका सेयर सदस्य गाेपी धमलाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब हेम चन्द्र घिमिरे (राजु) ले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया