वैशाख १९ २०८३, शनिबार

भोट होइन, काम दिनुस् : बालेन्द्र शाह

Ads


फाल्गुन ७, २०८२ | धनगढी
बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न नभई काम माग्न सुदूरपश्चिम आएको बताएका छन्। धनगढीमा आयोजित पार्टीको पहिलो चुनावी सभामा बोल्दै उनले भने, “तपाईंहरूले भोट नदिए पनि हामी काम गर्छौं। तपाईंहरूले काम दिनुस्।”
डोटेली भाषाबाट मन्तव्य सुरु गर्दै उनले सुदूरपश्चिमको सम्भावना, विकास निर्माणमा आवश्यक तीव्रता र शिक्षा–स्वास्थ्यमा विपन्न वर्गको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। “सुदूरपश्चिम र देशलाई बनाउने सपना पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,” उनले भने।
सभामा पार्टी सभापति रवि लामिछानेले पनि सुदूरपश्चिमका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले पुराना राजनीतिक दलहरू विकास र सुशासन दिन असफल भएको आरोप लगाउँदै वैकल्पिक शक्तिको आवश्यकता औंल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीको यो कार्यक्रम सुदूरपश्चिम केन्द्रित पहिलो औपचारिक चुनावी सभा हो।

प्रतिक्रिया

सम्बन्धित समाचार