झापा ५ मा राप्रपाका उम्मेदवार संग्रौलाले पार्दैछ्न् ओली र बालेन दुबैलाई अप्ठ्यारो
निर्वाचन नजिकिदै जाँदा झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले बलियो चुनौती दिन थालेका छन् । सामाजिक अभियन्ताको रूपमा दशकौंदेखि आफुलाई उभ्याउदै आएका संग्रौलाको उम्मेदवारीले भावी प्रधानमन्त्री पदका उम्मेदवार केपी ओली र बालेन्द्र साहलाई टाउको दुखाइ हुन थालेको हो ।
'तपाईं जस्तो उम्मेदवार हामीले अहिलेसम्म देख्न पाएको छैन । यो भनाइ झापा ५ का मतदाताको हो ।

उनी जहाँ जान्छन् मतदाता त्यतै झुम्मिन्छ्न् ।
संग्रौलाको प्रचार शैली समेत फरक देखिन्छ । डिजिटल मिडियामा समेत उनको बलियो उपस्थिति देखिन थालेको छ ।
सुरुसुरुमा लक्ष्मी राम्रा मान्छे हुन् तर कुबेलामा उठे भन्ने आवाज धेरै सुन्न पाइन्थ्यो तर अहिले त्यो आवाज सामान्य बन्दै गएको छ ।

त्यसो त मतदाताहरुले उनले कुनै नयाँ र नपुग्ने खालको आश्वासन पनि बाँढेका छैनन् ।
झन्डै १ लाख ६३ हजार मतदाता रहेको झापा ५ को सबैभन्दा ठूलो सहर दमक नगरपालिकाका बहालवाला मेयर राप्रपाकै राम थापा हुन् भने २०७४ सालको निर्वाचनमा गौरिगञ्ज गाउँपालिका अध्यक्षमा राप्रपाकै बाबुराजा श्रेष्ठले अत्यधिक मत पाएर निर्वाचित भएका थिए । २०७९ को निर्वाचन गठबन्धन भएको कारण झिनो मतले ऊनी पराजित थिए । यसै कारण पनि झापा ५ मा संग्रौलाको उम्मेदवारीलाई कसैले कमजोर आँकलन गर्न सकेको देखिदैन ।

बाँकी दुई पालिका गौरादह र गौरिगञ्जमा राप्रपाको संगठन बलियो रहेको छ । गौरादह ७ संग्रौलाको गृह वडा हो । यस वडामा मात्रै संग्रौलाले उपचार गरेका बिरामीको संख्या साना ठुला बिरामी गरि झन्डै ५०/५५ जनाको हाराहारीमा छ । आर्थिक अवस्था कमजोर हुँदा उपचार नै नपाएर थला परेका बिरामीलाई संग्रौलाले आफ्नै खर्चमा उपचार गराउने गरेका छन् । आर्थिक अवस्था बलियो भएकाहरू पनि अस्पतालमा बेड नपाएर हैरान हुँदा संग्रौलाकै सहयोगमा सर्वसुलभ उपचार पाउनेहरु प्रसस्तै छन् । संग्रौलाको यही उदार भावना भएकै कारण पनि झापा ५ का मतदाताहरु उनि प्रति नतमस्तक छन् ।
पछिल्ला निर्वाचनहरुमा २०६५ को संविधानसभा निर्वाचन देखिनै निरन्तर रूपमा राप्रपा - एमाले गठबन्धन हुने गरेको झापा ५ मा यो पटक राप्रपाले बलियो उम्मेदवार खडा गरेको छ । लामो समय देखि आफ्नो पार्टीमा भोट हाल्न नपाएका राप्रपाका कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु यो पटक हर्षित देखिन्छन् ।
देशव्यापी रूपमा राप्रपाको लोकप्रियता बढ्दै गएको परिपेक्षमा झापा ५ मा लक्ष्मीप्रसाद संग्रौलाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया