जेष्ठ ०३ २०८३, आइतबार

एसईई परीक्षा सम्बन्धि निर्देशिका जारी (पूर्ण पाठ)

Ads

माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ गरेको छ । 

 

Ads

माध्यमिक शिक्षा परीक्षा (एसइइ) लाई व्यवस्थित, उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्नका लागि शिक्षा ऐन, २०२८ को दफा १९क ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले देहायको निर्देर्शन विकास गरी लागु गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस निर्देशिकाको नाम माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका निर्देशिका, २०८२ रहने छ।

Ads

(२) यो निर्देशिका वि.सं. २०८२ को एसइइदेखि लागु हुनेछ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामाः-

Ads

(क) "परीक्षा" भन्नाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा दशलाई सम्झनुपर्छ ।

(ख) "परीक्षा केन्द्र" भन्नाले परीक्षा सञ्चालन गर्नका लागि निर्धारण गरिएका परीक्षा केन्द्र सम्झनुपर्छ ।

(ग) "परीक्षण केन्द्र" भन्नाले परीक्षा सञ्चालन गर्नका लागि निर्धारण गरिएका परीक्षा केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइले उत्तरपुस्तिका परीक्षणका लागि निर्धारण गरेको स्थानलाई समेत सम्झनुपर्छ ।

(घ) "परीक्षा समन्वय समिति" भन्नाले शिक्षा नियमावली, २०५९ को नियम ४६ बमोजिमको समितिलाई सम्झनुपर्छ ।

(ड) "बोर्ड” भन्नाले शिक्षा ऐन, २०२८ को दफा ४क अनुसार गठित बोर्ड सम्झनुपर्छ ।

३. परीक्षा सञ्चालनः (१) निर्धारित परीक्षा केन्द्रमा बोर्डबाट प्रकाशित तालिकाअनुसार परीक्षा सञ्चालन हुने छ।

(२) परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी यस निर्देशिका जारी हुनुपूर्व निर्देशित निर्देशनकै अनुसरण गरी सञ्चालन गर्नुपर्नेछ ।

४. परीक्षण केन्द्रः (१) प्रत्येक जिल्लामा रहेका परीक्षा केन्द्रहरू नै परीक्षण केन्द्रका रूपमा रहने छन् ।

(२) उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी मुख्यतया केन्द्राध्यक्षको हुनेछ ।

५. केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकारः केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) परीक्षण केन्द्रका उत्तरपुस्तिकाको सुरक्षा, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा गुणस्तर कायम, विश्वसनीयता, एकरूपता कायम राखे, तोकिएको समयमा तोकिएको निर्देशिकाअनुसार कार्य सम्पन्न गर्ने, गोपनीयता कायम राख्ने,

(ख) उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणसम्बन्धी पूर्व तयारी कार्यका लागि सहायक केन्द्राध्यक्ष मध्येबाट वा सहायक कर्मचारी मध्येबाट एक जनालाई तोकि परीक्षक र सम्परीक्षकसमेत तोक्ने,

(ग) परीक्षक र सम्परीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्ने व्यवस्था मिलाउने र परीक्षा केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको व्यवस्था मिलाउने,

(घ) परीक्षण केन्द्र रहेको विद्यालय र केन्द्र रहेको स्थानीय तहले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणका लागि दफा खण्ड (ग) अनुसारको न्युनतम सुरक्षित कोठालगायत भौतिक व्यवस्थापनमा सहयोग गर्ने,

(ङ) परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण गराउँदा आइपर्न सक्ने अनियमितता जस्तैः उत्तरपुस्तिका परीक्षण केन्द्र बाहिर लैजान सक्ने अवस्था, तोकिएको परीक्षकको सट्टामा अन्यले उत्तरपुस्तिका परीक्षण गर्न सक्ने अवस्था, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्न सक्ने अवस्था, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने अवस्था आदिलाई निराकरण गर्न आफ्नै प्रत्यक्ष निगरानीमा उत्तरपुस्तिका परीक्षण/सम्परीक्षण गराउनुपर्ने छ। साथै परीक्षक/सम्परीक्षकले परीक्षण/सम्परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण नल्याउने सुनिश्चित गर्ने,

(च) आवश्यकताअनुसार स्थानीय तहको शिक्षा शाखासँग सहयोग लिन सक्ने,

(छ) सुरक्षा व्यवस्थाको लागि आवश्यकताअनुसार स्थानीय तहको सुरक्षा निकायसँग सहयोग लिन सक्ने छ । यसका लागि सङ्घीय तहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गृह मन्त्रालयसँग समन्वय गरिनेछ ।

(ज) दैनिक रूपमा परीक्षा सम्पन्न भएपश्चात् तोकिएका परीक्षक/सम्परीक्षकलाई अनुसूची-१ बमोजिमको भरपाई गराई परीक्षण/सम्परीक्षणका लागि उत्तरपुस्तिका बुझाउन निर्देशन दिने,

(झ) उत्तरपुस्तिका परीक्षण/सम्परीक्षण कार्यका लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा दक्ष, अनुभवी परीक्षक, सम्परीक्षकको सूची बनाइराखे,

(ञ) सम्बन्धित विषयका माध्यमिक तहका शिक्षक र अवकाशप्राप्त माध्यमिक शिक्षकद्वारा उत्तरपुस्तिका परीक्षण/सम्परीक्षण गराउने र शिक्षकको अभावमा न्यूनतम शैक्षिक योग्यता पुगेका, सम्बन्धित विषयमा अध्यापन गरिरहेका अनुभवी शिक्षकलाई सम्बन्धित विद्यालयको सिफारिसपत्रका आधारमा परीक्षण कार्यमा सहभागी गराउने,

(ट) परीक्षक/सम्परीक्षकले परीक्षण/सम्परीक्षण कार्य सुरू गर्नुपूर्व अनुसूची-२ मा रहेको निर्देशन अनिवार्य रूपमा अध्ययन गरी गराई सोअनुसार कार्य गराउनुपर्ने,

परीक्षण र सम्परीक्षणका लागि परीक्षकले रातो र सम्परीक्षकले हरियो मसीमात्र प्रयोग गर्नुपर्ने छ । (8)

६. उत्तरपुस्तिका परीक्षण / सम्परीक्षण सम्बन्धी व्यवस्थाः उत्तरपुस्तिका परीक्षण देहायबमोजिम हुनेछः-

(क) परीक्षा सञ्चालन भएकै दिन परीक्षा समाप्ति भएसँगै परीक्षार्थीका उत्तरपुस्तिका सिम्बोल नम्बरको क्रम मिलाई उपलव्ध परीक्षक/सम्परीक्षकलाई तोकिएबमोजिमको भरपाइ गराई परीक्षण/सम्परीक्षणका लागि बुझाउनुपर्ने छ ।

(ख) परीक्षक/सम्परीक्षकले आफूलाई प्राप्त उत्तरपुस्तिका तोकिएको सङ्ख्यामा छ छैन यकिन गर्ने र नभएमा परीक्षण कार्यमा खटिएका कर्मचारीलाई जानकारी गराउनुपर्ने छ । परीक्षण/सम्परीक्षण गर्दा परीक्षण/सम्परीक्षणसम्बन्धी निर्देशन र बोर्डबाट उपलब्ध गराइने विषयगत उत्तरकुञ्जिकाको पूर्ण पालना गरी गोपनियताका साथ स्वच्छ र मर्यादित रूपमा निर्धारित समयमै परीक्षण/सम्परीक्षण गरी परीक्षण केन्द्रका प्रमुख वा निजले तोकेको कर्मचारीलाई बुझाउनुपर्ने छ ।

(ग) परीक्षण/सम्परीक्षण गर्दा प्रत्येक उत्तरपुस्तिकामा सबै प्रत्रका उत्तर जाँचिएका छन्-छैनन्, जाँचिएका उत्तरमा अङ्क दिइएको छ-छैन, भित्र दिइएको अङ्ग बाहिर चढाइएको छ-छैन, बाहिर चढाइएको अङ्कको जोड ठिक छ-छैन रुजु गरी अङ्क परिवर्तन भएमा सोसमेत जोड गरी कुल प्राप्ताङ्कसँग भित्र दिइएको अङ्कसमेत भिडाई अङ्क र अक्षर दुवैमा लेखी प्रत्येक उत्तर पुस्तिकामा परीक्षक/सम्परीक्षकले हस्ताक्षर गर्नुपर्ने छ ।

(घ) उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेको पाइएमा लापरवाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाइने, अन्य अमर्यादित कार्य गरेमा त्यस्ता परीक्षकमाथि प्रचलित कानुनबमोजिम विभागीय कारवाहीसमेत हुने छ।

(ङ) प्रत्येक विषयको उत्तरपुस्तिका बढीमा तीन दिनमा परीक्षणसम्पन्न गरी मार्कस्लिप शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने गरी विद्यार्थी सङ्ख्याको आधारमा आवश्यकतानुसार परीक्षक/सम्परीक्षकको व्यवस्था गर्नुपर्ने छ। परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने छ।

(च) परीक्षणको क्रममा विज्ञ शिक्षकको अभावमा कुनै विषयको उत्तरपुस्तिका परीक्षण हुन नसकेको खण्डमा सम्बन्धित परीक्षण केन्द्रको प्रमुखले विज्ञ शिक्षक उपलब्ध गराइदिनका लागि शिक्षा विकास तथा समन्वय एकाइ । स्थानीय तहका शिक्षा शाखासँग समन्वय गरी परीक्षण व्यवस्थापन गर्नुपर्ने छ र विषयगत शिक्षकको

उपलब्धता र सुरक्षाका हिसाबले संवेदनशील देखिएका स्थानका उत्तरपुस्तिका परीक्षणका लागि एकाइले वैकल्पिक व्यवस्था गरी समयमै परीक्षण सम्पन्न गराउनुपर्ने छ ।

(छ) परीक्षण/सम्परीक्षण कार्यका लागि सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक/सम्परीक्षकको व्यवस्था गर्नुपर्ने छ, तर कुनै विषय जिल्लाभित्रका एउटा मात्र विद्यालयमा पठन पाठन भएको अवस्थामा सम्बन्धित विद्यालयका योग्यता पुगेका सम्बन्धित विषय शिक्षकबाट उत्तरपुस्तिका परीक्षण/सम्परीक्षण गराउन बाधा पुग्ने छैन।

(ज) उत्तरपुस्तिका परीक्षणपश्चात् परीक्षार्थीको प्राप्ताङ्क सम्बन्धित एकाइ प्रमुख/केन्द्राध्यक्षको इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको मार्कस्लिप प्रिन्ट गरी दुबै ट्याव (ट्याव १ र ट्याव २) मा चढाई खाममा सिलबन्दी गरी गोप्य र सुरक्षित ढङ्गबाट सम्बन्धित एकाइमा उक्त विषयको परीक्षा सकिएको बढीमा तीन दिनभित्र अनिवार्य रूपमा बुझाउनुपर्ने छ ।

(झ) सम्परीक्षकका हकमा परीक्षकका रूपमा सम्बन्धित विषयको उत्तरपुस्तिका परीक्षण गरेका माध्यमिक तहका शिक्षक हुनुपर्ने ।

(ञ) परीक्षक/सम्परीक्षकलाई स्वीकृत दरअनुसारको पारिश्रमिक उपलब्ध हुनेछ ।

७. प्याकेट निर्माण र उत्तरपुस्तिकाको सुरक्षा सम्बन्धी व्यवस्थाः प्याकेट निर्माण र उत्तरपुस्तिकाको सुरक्षासम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः-

(क) सम्बन्धित परीक्षाकेन्द्रमा प्रत्येक दिनको परीक्षण र सम्परीक्षण सम्पन्न भएपश्चात् तोकिएका कर्मचारीद्वारा उत्तरपुस्तिकाको प्याकेट निर्माण गर्न लगाई सिलबन्दी गरी नजिकको सुरक्षा निकायमा वा सुरक्षाकर्मीको समन्वयमा उत्तरपुस्तिका सुरिक्षत भण्डारणका लागि निर्धारण गरिएको स्थानमा भण्डारण गर्ने वा शिक्षा विकास तथा समन्वय एकाइमा पुर्याउन सम्भव भए एकाइमा भण्डारण गर्नुपर्ने छ। सामन्यतया अनिवार्य विषयका हकमा एउटै प्याकेट (सेतो कपडाको थैलो) निर्माण गर्नुपर्ने छ। प्याकेटको चारै सतहमा विषय कोड र केन्द्र नम्बर अनिवार्यरूपमा लेख्नुपर्ने छ।

(जस्तैः चितवन जिल्लाको परीक्षण केन्द्र नम्बर ३४०१ को अङ्ग्रेजी विषयको सन्दर्भमा '१०११/३४०१)

(ख) यदि विद्यार्थी सङ्ख्या धेरै भएको परीक्षा केन्द्रमा एउटै विषयको एकभन्दा बढी प्याकेट बनाउनुपर्ने भएमा क, ख गर्दै बढाउन सकिने छ । (जस्तै चितवन जिल्लाको परीक्षण केन्द्र नम्बर ३४०२ को अङ्ग्रेजी विषयको सन्दर्भमा १०११"क"/३४०२,

(ग) ऐच्छिक विषयको हकमा प्याकेट निर्माण गर्दा अलग अलग विषयका साना थैलाहरू एउटै सेतो कपडाको ठुलो थैलाभित्र राखी चैलाको चारै सतहमा 'ऐच्छिक प्रथम/केन्द्र कोड' लेखुपर्ने छ । (जस्तैः चितवन जिल्लाको परीक्षण केन्द्र नम्बर ३४०१ को सन्दर्भमा ऐच्छिक प्रथम/३४०१', 'ऐच्छिक द्वितीय/३४०१८)

(घ) यदि विद्यार्थी सङ्ख्या धेरै भएका परीक्षा केन्द्रमा एकभन्दा बढी प्याकेट बनाउनुपर्ने भएमा क, ख गर्दै बढाउन सकिने छ तर एउटै विषयको उत्तरपुस्तिका दुईओटा प्याकेटमा नपर्ने गरी प्याकेट निर्माण गर्नुपर्ने छ। (जस्तै चितवन जिल्लाको परीक्षण केन्द्र नम्बर ३४०२ को ऐच्छिक प्रथम विषयको सन्दर्भमा ऐच्छिक प्रथम"क"/३४०२, ऐच्छिक प्रथम "ख" / ३४०२)।

(ङ) उत्तरपुस्तिका परीक्षण गरिसकेपछि प्राप्ताङ्क उतार गर्नका लागि उपलब्ध गराइने विषय कोड र सिम्बल नम्बरसहितको मार्कस्लिप उपलब्ध नभएको अवस्थामा केन्द्रबाट नमुनाका रूपमा उपलब्ध गराइएको अनुसूची ३ अनुसारको लुजमार्कस्लिप प्रिन्ट गरी प्राप्ताङ्क उतार गर्ने र त्यसमा केन्द्रकोड, विषयकोड अनिवार्यरुपमा लेखुपर्ने छ ।

(च) परीक्षण र सम्परीक्षण भइसकेपछि मार्कस्लिप खाममा राखी शीलबन्दी गरेपछि खामको बाहिर खण्ड (क) वा खण्ड (ख) वा खण्ड (ग) बमोजिमको सङ्केत नम्बर अनिवार्य लेखुपर्ने छ।

८. मार्कस्लिप र उत्तरपुस्तिका बोर्डमा पठाउने सम्बन्धी व्यवस्थाः मार्कस्लिप र उत्तरपुस्तिका बोर्डमा पठाउने सम्बन्धी व्यवस्था देहाय बमोजिम रहेका छन्-

(क) शिक्षा विकास तथा समन्वय एकाइले परीक्षण केन्द्रबाट परीक्षण भई प्राप्त हुन आएका विषयगत उत्तरपुस्तिकाका प्याकेट अनुसूची-४ बमोजिको ढाँचामा लगत खडा गरी राखुपर्ने छ ।

(ख) शिक्षा विकास तथा समन्वय एकाइले परीक्षण केन्द्रबाट परीक्षण भई प्राप्त हुन आएका मार्कस्लिपका शीलबन्दी खाममा केन्द्र र विषयकोड उल्लेख भएको सुनिश्चित गरी लगत राखी तोकिएको मितिभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा दश मा अनिवार्य रूपमा पठाउनुपर्ने छ ।

(ग) शिक्षा विकास तथा समन्वय एकाइले परीक्षण केन्द्रवाट परीक्षण भई प्राप्त हुन आएका उत्तरपुस्तिकाका प्याकेटको केन्द्र र विषयकोड उल्लेख भएको सुनिश्चित गरी लगत राखी वा खण्ड (क) अनुसारको अभिलेखसहितको चलान बनाई तोकिएको मितिभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा दश मा अनिवार्य रूपमा पठाउनुपर्ने छ ।

स्थानीय तहको भूमिकाः माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्यमा स्थानीय तहको भूमिका देहाय बमोजिम हुनेछः-

(क)

परीक्षण केन्द्रको भौतिक पक्ष व्यवस्थापनमा आवश्यक समन्वय र सहयोग गर्ने,

(ख)

परीक्षक/सम्परीक्षको व्यवस्थापनमा आवश्यक सहजीकरण र सहयोग गर्ने,

(ग)

परीक्षण केन्द्रमा स्वच्छ, शान्त र मर्यादित वातावरण सिर्जना गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने।

१०. शिक्षा विकास तथा समन्वय एकाइको भूमिकाः माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्यमा शिक्षा विकास तथा समन्वय एकाइको भूमिका देहाय बमोजिम हुनेछः-

(क)

उत्तरपुस्तिका परीक्षण र व्यवस्थापनमा स्थापित प्रचलित कानून र यस निर्देशिकाले तोकेका जिम्मेवारी निर्वाह गर्ने,

(ख)

परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र सञ्चालन र व्यवस्थापनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्ने,

(ग)

परीक्षण केन्द्रबाट प्राप्त उत्तरपुस्तिका सुरक्षित ढङ्गबाट व्यवस्थापन गरी अभिलेखसहित तोकिएको मितिमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा बुझाउने,

(घ)

उत्तरपुस्तिका परीक्षणका लागि आवश्कता अनुसार वैकल्पिक व्यवस्था गरी परिक्षण गराउने,

(ङ)

समय समयमा हुने निर्देशन र परिपत्रअनुसारका कार्यहरू र मन्त्रालय, बोर्ड र परीक्षा नियन्त्रण कार्यालयबाट निर्देशित अन्य कार्यहरू गर्ने गराउने।

११. प्रदेश शिक्षा विकास निर्देशनालयको भूमिकाः माध्यमिक शिक्षा परीक्षा सञ्चालन व्यवस्थापन तथा नतिजा प्रकाशन लगायतका कार्यमा प्रदेश शिक्षा विकास निर्देशनालयको भूमिका देहाय बमोजिम हुनेछः-

(क)

परीक्षा स्वच्छ, शान्त र मर्यादित वातावरणमा सञ्चालन गर्न आवश्यक निर्देशन, समन्वय र सहजीकरण गर्ने,

(ख)

सम्बन्धित परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र सञ्चालनका लागि विद्यालय र स्थानीय तहलाई आवश्यक निर्देशन र तोकिएको अवधिमा कार्य सम्पन्न गराउन आवश्यक समन्यव र सहजीकरण गर्ने,

परीक्षा सञ्चालन तथा परीक्षण व्यवस्थापन र परीक्षण कार्यको स्थलगत अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिने, कार्यान्वयन गराउने र अन्य आवश्यकताअनुसारको सहजीकरण गर्ने,

प्रदेशगत नतिजा प्रकाशन गर्न सकिने हुँदा सोकुरालाई मध्यनजर गरी आफ्नो प्रदेशको नतिजा प्रकाशन समयमै हुने अवस्था सुनिश्चित गराउन आवश्यक कार्य गराउने।

१२. प्रदेशगत नतिजा प्रकाशनः यस निर्देशिकाबमोजिम माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशन प्रदेशगतरूपमा समेत गर्न सकिने छ ।

अनुसुची-२

(दफा ५ को खण्ड (ट) सँग सम्बन्धित)

उत्तरपुस्तिका परीक्षण निर्देशन

(उत्तरपुस्तिका परीक्षणपूर्व यसको अध्ययन अनिवार्य छ)

एस इ इ परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य विद्यार्थी मूल्याङ्कनको महत्त्वपूर्ण पक्ष हो।

यसको शुद्धतामा विद्यार्थीको वास्तविक उपलब्धि प्राप्तीको सुनिश्चितता निर्भर गर्छ। यस कार्यमा हुने हेलचेक्र्याइँ तथा बेवास्ताले बसौंदेखि विद्यार्थीले गरेको मेहनतको उपलब्धिमा नकारात्मक प्रभाव पर्ने, प्राविधिकरूपमा विद्यार्थी पीडित हुनुपर्ने अवस्था आउने हुँदा उक्त कार्य सम्पादनमा निम्न पक्षलाई ध्यान दिई उत्तरपुस्तिका परीक्षण कार्य गर्नुपर्ने छ ।

उत्तरपुस्तिका परीक्षण सुरु गर्नुपूर्व

१. परीक्षकले उत्तरपुस्तिकाको प्याकेट प्राप्त गरिसकेपछि परीक्षा फाराम नम्बर (प फा नं) १२ अनुसार रुजु गरेर उत्तरपुस्तिका सङ्ख्या यकिन गर्ने

२. आफूलाई प्राप्त भएका उत्तरपुस्तिकामा सिम्बोल नम्बर क्रमश भए नभएको रुजु गर्ने र कुनै उत्तरपुस्तिकामा सिम्बोल नम्बर छुट भएको पाइएमा सो उत्तरपुस्तिकामा उल्लेख भएको उत्तरपुस्तिका सङ्ख्या टिपोट गरी लिखित जानकारी परीक्षण केन्द्रका जिम्मेवार कर्मचारीलाई गराउने

३. आफूलाई प्राप्त भएका उत्तरपुस्तिका आफन्त वा नातेदार परीक्षार्थीको भएमा सो केन्द्रको उत्तरपुस्तिका परीक्षण केन्द्रमा फिर्ता गरी अर्को केन्द्रको उत्तरपुस्तिका लिनुपर्ने

४. आफूलाई प्राप्त भएका उत्तरपुस्तिकाको प्याकेटमा अन्य विषयका उत्तरपुस्तिका परेको भए त्यस्ता उत्तरपुस्तिका तुरुन्त परीक्षण केन्द्रका जिम्मेवार कर्मचारीलाई फिर्ता गर्ने

५. उत्तरकुञ्जिका भएका विषयका प्रश्न पत्र र उत्तरकुञ्जिका राम्रोसँग अध्ययन गर्ने

६. उत्तरपुस्तिकासँग सम्बन्धित नियुक्तिपत्र, मार्कस्लिपलगायतका आवश्यक सामग्री परीक्षण केन्द्रबाट बुझ्ने

७. उत्तरपुस्तिकासँग सम्बन्धित सबै पक्षको गोपनियता कायम राखे

उत्तरपुस्तिका परीक्षणका क्रममा

१. माथिका बुँदा अध्ययन गरी सबै विवरण ठिक भएको सुनिश्चितता गरी उत्तरपुस्तिका परीक्षण सुरु गर्ने
२. उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले रातो मसीमात्र प्रयोग गरी ठिक उत्तरमा उपयुक्त आकारको ठिक (√) चिह्न लगाउने तथा अन्य किसिमका सङ्केत जस्तै अन्डरलाइन, प्रत्रवाचक चिह्न, एउटा धर्सोले काटने, उत्तर सच्याउने, मसी पोत्ने, गोलाकार बनाउने जस्ता कार्य कनै पनि हालतमा नगर्ने

४. उत्तरपुस्तिकाको भित्री पानाको जोड जम्मा र बाहिरी पानाको जोड जम्मा मिले नमिलेको रुजु गरी यकिन भएपछि सही गरी प्राप्ताङ्क प्रमाणित गर्ने

५. उत्तरपुस्तिकाको प्राप्ताङ्क प्रमाणित भइसकेपछि मार्कस्लिप १ र २ मा अङ्क र अक्षरमा उतार गर्ने, फरक फरक प्रकृतिका उत्तरपुस्तिका भएमा छुट्टाछुट्टै मार्कस्लिप तयार गर्ने र मार्कस्लिप १ र २ मा समान अङ्क लेखिए नलेखिएको रुजु गरी प्रमाणित गर्ने तथा मार्कस्लिपसहित परीक्षण केन्द्रमा बुझाउनुपर्ने छ ।

द्रष्टव्यः उत्तरपुस्तिका परीक्षण गर्न परीक्षा नियन्त्रण कार्यालयवाट दिइएको निर्देशनबमोजिम परीक्षण भएको नपाइएमा वा परीक्षण सन्तोषप्रद नदेखिएमा भविष्यमा त्यस्ता परीक्षकलाई SEE परीक्षासम्बन्धी कुनै कामको जिम्मा नदिइने तथा पारिश्रमिकसमेत रोक्का गरिने छ । परीक्षकले परीक्षण गरेका उत्तरपुस्तिका संपरीक्षकबाट पुनः परीक्षण गराउँदा जाँचिएका उत्तरपुस्तिकाको अङ्कमा १५% भन्दा बढी फरक देखिएमा समेत परीक्षकको पारिश्रमिक रोकिने र भविष्यमा उक्त कार्यको जिम्मेवारीबाट वञ्चित गर्न सकिने छ । उत्तरपुस्तिका परीक्षण गरेवापत प्राप्त हुने पारिश्रमिक नतिजा प्रकाशन भएपश्चात् परीक्षण केन्द्रमार्फत उपलब्ध हुने छ । भुक्तानी लिनका लागि नियुक्तिपत्र अनिवार्यरूपमा पेस गर्नुपर्ने छ ।

उत्तरपुस्तिका सम्परीक्षणपूर्व यसको अध्ययन अनिवार्य छ उत्तरपुस्तिका सम्परीक्षण निर्देशन

एस इ इ परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य विद्यार्थी मूल्याङ्कनको महत्त्वपूर्ण पक्ष हो । यसको शुद्धतामा विद्यार्थीको वास्तविक उपलब्धि प्राप्तीको सुनिश्चितता निर्भर गर्छ। यस कार्यमा हुने हेलचेक्र्याइँ तथा बेवास्ताले बसौंदेखि विद्यार्थीले गरेको मेहनतको उपलब्धिमा नकारात्मक प्रभाव पर्ने, प्राविधिकरूपमा विद्यार्थी पीडित हुनुपर्ने अवस्था आउने हुँदा उक्त कार्य सम्पादनमा निम्न पक्षलाई ध्यान दिई उत्तरपुस्तिका परीक्षण कार्य गर्नुपर्ने छ ।

उत्तरपुस्तिका सम्परीक्षण सुरु गर्नुपूर्व

१. परीक्षकले उत्तरपुस्तिकाको प्याकेट प्राप्त गरिसकेपछि परीक्षा फाराम नम्बर (प फा नं) १२ अनुसार रुजु गरेर उत्तरपुस्तिका सङ्ख्या यकिन गर्ने

२. आफूलाई प्राप्त भएका उत्तरपुस्तिकामा सिम्बोल नम्बर क्रमश भए नभएको रुजु गर्ने र कुनै उत्तरपुस्तिकामा सिम्बोल नम्बर छुट भएको पाइएमा सो उत्तरपुस्तिकामा उल्लेख भएको उत्तरपुस्तिका सङ्ख्या टिपोट गरी लिखित जानकारी परीक्षण केन्द्रका जिम्मेवार कर्मचारीलाई गराउने

आफूलाई प्राप्त भएका उत्तरपुस्तिका आफन्त वा नातेदार परीक्षार्थीको भएमा सो केन्द्रको सरउत्तरस्तिका परीक्षण केन्द्रमा फिर्ता गरी अर्को केन्द्रको उत्तरपुस्तिका लिनुपर्ने
अन्तर देखिएमा ती उत्तरपुस्तिका पुन परीक्षणका लागि लिखित विवरणसहित परीक्षण केन्द्रमा फिर्ता दिने

१०. कम्तीमा ५% उत्तरपुस्तिका निर्दिष्ट फारामा भरी सम्बन्धित परीक्षण केन्द्रमा परीक्षकको मूल्याङ्कनका लागि बुझाउने

११. परीक्षकले उत्तरपुस्तिका परीक्षण गरी दिएको अङ्कमा विद्यार्थीले चित्त नबुझेको अवस्थामा उत्तरपुस्तिका हेर्न सक्ने र पुनः परीक्षण गराउन सक्ने व्यवस्था भएको हुँदा उत्तरपुस्तिका सम्परीक्षण गर्दा सावधानीपूर्वक गर्नुपर्ने

१२. विद्यार्थीले गलत मनसाय नलिई भुलले प्रश्न नम्बर उल्लेख नगरेको वा गलत प्रश्न नम्बर लेखेको उत्तरलाई प्रश्नपत्रसँग भिडाई सही प्रश्न नम्बर उल्लेख गर्ने र परीक्षण गरी अङ्क दिनुपर्ने व्यवस्था रहेकाले सोअनुसार भएनभएको यकिन गर्ने

१३. भाषा विषयका बाहेक अन्य विषयको प्रश्नका उत्तर लेख्दा कुनै प्रश्नको उत्तर नेपाली र कुनै प्रश्नको उत्तर अङ्ग्रेजीमा दिएको भए तापनि उत्तर सही छ भने अङ्ग प्रदान गर्ने

१४. एउटै उत्तरपुस्तिकामा एकभन्दा बढी प्रकृतिको हस्तलेखन भएको अवस्थामा सोको विवरण लेखी परीक्षण केन्द्रमा फिर्ता गर्ने, अङ्क दिनुपर्दा कैफियत लेखी सही गरेर मात्र अङ्क दिने

१५. उच्च अङ्क प्राप्त गर्ने र ग्रेडको सीमा नजिक प्राप्ताङ्क रहेका उत्तरपुस्तिकाहरू दोहोर्याई पुनः परीक्षण गरी अड्डू निश्चित गर्ने

१६. कैफियत लेखिएका वा शङ्कास्पद उत्तरपुस्तिका फेला परेमा तुरुन्त परीक्षण केन्द्रमा फिर्ता गर्ने

१७. उत्तरपुस्तिका सम्परीक्षण गर्ने क्रममा नसकिँदै बाहिर निस्कनु परेमा आफनो जिम्मामा रहेको प्याकेट बन्द गरी परीक्षण केन्द्रका कर्मचारीलाई जानकारी गराई उत्तरपुस्तिकाको सुरक्षा र गोपनियताको सुनिश्चितता गरेर मात्र बाहिर निस्कने

सम्परीक्षण गरिसकेपछि

१. उत्तरपुस्तिकाको भित्र दिइएका अङ्ग बाहिरी पानामा दिइएको तालिकामा प्रश्न नम्बरअनुसार प्रश्न/उपप्रश्नको अङ्क उतार भए नभएको रुजु गर्ने

२. बाहिरी पानाको तालिकामा उतार गरिएको उपप्रश्नको प्राप्ताङ्कको जोड मिलेनमिलेको रुजु गर्ने र

सच्याउनुपर्ने अवस्थामा Tab-1र Tab-2 मा सच्याउने ३. सबै उत्तरपुस्तिकाको बाहिरी पानाको अङ्क जोड गरी तोकिएको स्थानमा योगफल अङ्क र अक्षरमा लेख्ने

४. उत्तरपुस्तिकाको भित्री पानाको जोड जम्मा र बाहिरी पानाको जोड जम्मा मिले नमिलेको रुजु गरी यकिन भएपछि सही गरी आफ्नो नाम लेखी प्राप्ताङ्क प्रमाणित गर्ने

५.उत्तरपुस्तिकामा उल्लेख भएको अङ्क र Tab-१ र Tab- २ मा लेखिएको अङ्क रुजु गर्ने

 

एसइई परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षणसम्बन्धी के क छन् व्यवस्था ?


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई अझ व्यवस्थित, पारदर्शी र छिटो नतिजा प्रकाशन गर्ने उद्देश्यले “माध्यमिक शिक्षा परीक्षा सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२” लागू गरेको छ। शिक्षा ऐन २०२८ को दफा १९क ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले तयार पारेको यो निर्देशिका वि.सं. २०८२ को एसइई परीक्षादेखि लागू हुने जनाएको छ।
नयाँ निर्देशिकाले परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, सुरक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया स्पष्ट रूपमा तोकेको छ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण
निर्देशिकाअनुसार प्रत्येक जिल्लामा रहेका परीक्षा केन्द्रहरूलाई नै परीक्षण केन्द्र बनाइनेछ। परीक्षा सकिएको दिन नै उत्तरपुस्तिका क्रम मिलाएर परीक्षकलाई बुझाइने र सोही केन्द्रमै परीक्षण तथा सम्परीक्षण गरिने व्यवस्था गरिएको छ।
परीक्षण केन्द्रको मुख्य जिम्मेवारी केन्द्राध्यक्षको हुने र उनले उत्तरपुस्तिका परीक्षणको गोपनीयता, विश्वसनीयता तथा एकरूपता कायम राख्नुपर्ने व्यवस्था गरिएको छ।

मोबाइल लैजान नपाइने
उत्तरपुस्तिका परीक्षण हुने कक्षमा परीक्षक र सम्परीक्षकले मोबाइललगायत कुनै पनि विद्युतीय उपकरण लैजान नपाइने व्यवस्था गरिएको छ। सम्भव भएसम्म सिसिटिभी जडान गरिएको सुरक्षित कक्षमा परीक्षण गराउनुपर्ने निर्देशिकामा उल्लेख छ।

तीन दिनभित्र परीक्षण सक्नुपर्ने

प्रत्येक विषयको उत्तरपुस्तिका बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ। परीक्षणपछि प्राप्ताङ्क मार्कस्लिपमा उतारेर सिलबन्दी गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाइनेछ।

परीक्षकको जिम्मेवारी कडा

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले बोर्डले दिएको उत्तरकुञ्जिका र निर्देशिका अनिवार्य पालना गर्नुपर्नेछ।
परीक्षकले रातो मसी प्रयोग गर्नुपर्ने
सम्परीक्षकले हरियो मसी प्रयोग गर्नुपर्ने
प्रत्येक उत्तर जाँचिएको छ कि छैन र अंक ठीकसँग जोडिएको छ कि छैन भन्ने पुनः जाँच गर्नुपर्ने

यदि परीक्षकले लापरवाही गरेको पाइएमा

पुनः परीक्षण गराउने
पारिश्रमिक कट्टा गर्ने
भविष्यमा परीक्षकको सूचीबाट हटाउने
जस्ता कारबाही हुने निर्देशिकामा उल्लेख छ।
अंकमा १५% भन्दा बढी फरक भए कारबाही
सम्परीक्षकले पुनः जाँच गर्दा परीक्षकले दिएको अंकमा १५ प्रतिशतभन्दा बढी फरक देखिएमा परीक्षकको पारिश्रमिक रोकिने र भविष्यमा परीक्षासम्बन्धी कामबाट वञ्चित गर्न सकिने व्यवस्था गरिएको छ।

उत्तरपुस्तिकाको सुरक्षा कडाई

उत्तरपुस्तिका परीक्षणपछि सेतो कपडाको थैलोमा विषय कोड र केन्द्र नम्बर लेखेर प्याकेट निर्माण गरिनेछ। ती प्याकेटहरू सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा भण्डारण गरिने व्यवस्था गरिएको छ।

स्थानीय तहको भूमिका

निर्देशिकाले स्थानीय तहलाई पनि महत्वपूर्ण भूमिका दिएको छ। स्थानीय तहले परीक्षण केन्द्रको भौतिक व्यवस्था मिलाउने परीक्षक तथा सम्परीक्षक व्यवस्थापनमा सहयोग गर्ने शान्त र मर्यादित वातावरण बनाउने जस्ता काममा सहजीकरण गर्नुपर्नेछ।
प्रदेशगत नतिजा पनि प्रकाशन गर्न सकिने नयाँ व्यवस्थाअनुसार एसइईको नतिजा प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि प्रदेश शिक्षा विकास निर्देशनालयले आवश्यक समन्वय गर्नेछ। विद्यार्थीलाई पुनः परीक्षणको अधिकार निर्देशिकामा विद्यार्थीले आफूले पाएको अंकप्रति चित्त नबुझेमा उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने व्यवस्था रहेको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार