गौरादह महिला फुटबल: मुख्यमन्त्रीको उपस्थिति रहने
गौरादह। गौरादहमा जारी प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल भोलि दिउँसो ३ बजेपछि सञ्चालन गर्ने तयारी गरिएको छ।
आयोजकका अनुसार भोलि हुने फाइनल कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी हुने भएकाले कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ। मुख्यमन्त्रीको उपस्थितिसहित उद्घाटन तथा औपचारिक कार्यक्रम सम्पन्न भएपछि कम्तीमा ३ बजेबाट फाइनल खेल सुरु गर्ने तयारी गरिएको हो।
गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने फाइनलमा आयोजक स्पर्श सामाजिक क्लब र पश्चिम बंगालको रथखोला एफसीबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
गौरादहमा पहिलोपटक आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली र भारतीय टोली आमनेसामने हुने भएकाले फाइनल खेललाई विशेष महत्त्वका साथ हेरिएको छ।
प्रतिक्रिया