आश्विन ०४ २०८३, आइतबार

गौरादह - ५ स्थित चप्रामारीमा पहिलो महिला वडा कप फुटबल हुँदै

खेलमार्फत महिला सशक्तीकरणको लक्ष्य, असोज ५ देखि पाँच दिनसम्म प्रतियोगिता सञ्चालन हुने पूरा समाचार

खेलमार्फत महिला सशक्तीकरणको लक्ष्य, असोज ५ देखि पाँच दिनसम्म प्रतियोगिता सञ्चालन हुने

पर्दाफास संवाददाता

गौरादह–५, चप्रामारी। गौरादह नगरपालिका–५ स्थित चप्रामारीमा पहिलो पटक महिला वडा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मानव स्पन्दन संस्थाको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदका माध्यमबाट महिलाको सहभागिता र सशक्तीकरणलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।

भद्रकाली माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता असोज ५ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रत्येक टोलीबाट ७+३ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

मानव स्पन्दन संस्थाका अध्यक्ष सन्देश जङ्ग थापाले महिला फुटबललाई स्थानीय स्तरमै प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक वडा कप आयोजना गर्न लागिएको बताए। प्रतियोगिता सञ्चालनका लागि स्थानीय सरकारसँग आर्थिक सहयोगको अपेक्षा राखिएको उनले बताए।

उनका अनुसार प्रतियोगिता केवल खेल जित्ने प्रतिस्पर्धामा सीमित नभई स्थानीय महिला खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसरका रूपमा अघि बढाउने प्रयास हो। प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, संघसंस्था, व्यवसायी तथा सम्पूर्ण सरोकारवालालाई सहयोगका लागि संस्थाले अपिल गरेको छ।

प्रतियोगिताको विजेताले रु. ३१ हजार १११ र उपविजेताले रु. २१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उदयमान खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको पुरस्कार पनि दिइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टोलीका लागि प्रवेश शुल्क रु. ३ हजार तोकिएको छ।

“आउनुहोस्, खेलौं, जितौं!” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले चप्रामारीमा महिला फुटबलको नयाँ वातावरण निर्माण गर्ने आयोजकको विश्वास छ। स्थानीय स्तरमा महिला खेलाडीको संख्या र क्षमता बढ्दै गइरहेको अवस्थामा यस्ता प्रतियोगिताले उनीहरूलाई प्रतिस्पर्धाको अवसरसँगै आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्चसमेत उपलब्ध गराउने अपेक्षा गरिएको छ।

गौरादहमा हालै सम्पन्न ऐतिहासिक महिला फुटबल प्रतियोगिताले महिला फुटबलप्रति स्थानीय क्षेत्रमा बढ्दो आकर्षण र सम्भावनालाई थप उजागर गरेको अवस्थामा चप्रामारीमा आयोजना हुन लागेको वडा स्तरीय प्रतियोगिताले पनि महिला फुटबलको विकासमा कोशेढुंगा साबित हुने आयोजकको विश्वास छ। यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके स्थानीय स्तरबाटै नयाँ महिला खेलाडी उत्पादन हुनुका साथै गौरादहमा महिला फुटबलको आधार थप बलियो बन्ने अपेक्षा गरिएको छ।

मानव स्पन्दन संस्थाले पहिलो पटक आयोजना गर्न लागेको महिला वडा कपलाई सफल बनाउन स्थानीय सरकार, संघसंस्था, व्यवसायी, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

May be an image of medicine and text that says 'स्वस्थ नागरिक, समृद्ध नगरपालिका जापानिज ईन्सेफलाईटीस विरुद्धको खोप अभियान-२०८ गौरादह नगरपालिकामा वसोवास गर्नें ३० वर्ष माथिका सबै नागरिकहरूलाई जापानिज ईन्सेफलाइटिस विरुद्धको खोप २०८३ असोज 4 गते देखि ၅၀ सम्म लगाउने कार्यक्रम रहेकाले आफनो नजिकको खोप केन्द्रहरुमा गई खोप लगाउनु हुन अनुरोध छ खोप ₹ बाट लगाओं बचौं स्वारथ्यकर्मा खोपले शोगबाट बचउछ आफूलाई र आफनो परिवारलाई सुरक्षित रार्खों JE VACCINE Safe- Effective Healthy Future मच्छरबाट बच्ने उपायहरु अवश्य अपनाओं खोप लगाउन नबिसनुहोस्! आफनो नजिकको खोप केन्द्रमा गई समयमे खोप लगाओं गौरादह नगरपालिका स्वास्थ्य शाखा कोशी प्रदेश, नेपाल'

प्रतिक्रिया

सम्बन्धित समाचार