शिवासताक्षीबाट ७ ग्रामभन्दा बढी ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
झापा। झापा गाउँपालिका–४ पेश्करटोलबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ बस्ने ५३ वर्षीय संजय अग्रवाल समेत दुई जना रहेका छन्।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरूलाई ७ ग्राम १४ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले झापाका विभिन्न क्षेत्रमा निगरानी तथा चेकजाँचलाई निरन्तरता दिँदै आएको जनाएको छ।
प्रतिक्रिया