वैशाख ०६ २०८३, आइतबार

महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र घरेलु टोली थाइल्यान्ड खेल्दै

महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र घरेलु टोली थाइल्यान्ड खेल्दै
Ads

महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र घरेलु टोली थाइल्यान्ड खेल्दैछन् ।

नेपाल र थाइल्यान्डबीचको खेल बिहान पौने ९ बजे टेर्डथाई क्रिकेट मैदान बैंककमा शुरु हुँदैछ ।

Ads

प्रतियोगितामा नेपालको आज अन्तिम खेल हो । यो खेल जितेमा नेपाल एशिया छनोटको विजेता नै बन्नेछ ।

यसअघि हिजो भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगिसकेको छ ।

Ads

नेपालको महिला टोली इतिहास रच्न सफल भएको छ । अब नेपाल र थाइल्यान्डले एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् ।

Ads

यसअघि नेपाल र थाइल्यान्डबीच एशिया कपमा ६ पटक भेट भएकोमा थाइल्यान्डले ६ वटै जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार