भदौ २१ २०८३, आइतबार

आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) पहिलो क्वालिफायरमा पुगेको छ ।

 

लखनउको घरेलु मैदानमा हिजो भएको खेलमा बेङ्गलुरुले लखनउलाई ६ विकेटले हराएको हो । लखनउले दिएको २ सय २८ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

बेङ्गलुरुका कप्तान जितेश शर्माले अविजित ८५ रन बनाए । विराट कोहलीले ५४ रन जोडे । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । लखनउका कप्तान ऋषभ पन्तले अविजित १ सय १८ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।

बेङ्गलुरुको जीतसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नुपर्ने भएको छ । गुजरातले मुम्बई इन्डियन्ससँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार