श्रावण २९ २०८३, शुक्रबार

इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गर्यो

इंग्लिस क्लब चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ।

इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको बेलमा चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई २-० ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

चेल्सीका लनगि गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोले दुवै गोल गरे । १८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोल भएको थियो । उनले दोस्रो हाफको ५६ औं मिनेटमा दोस्रो गोल गरे । फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो ।

आज राति हुने दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिड खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार