वैशाख ०८ २०८३, मंगलबार

फ्रेन्च लिग वानमा पिएसजीको शानदार जित, नेभेसको ह्याट्रिक

Ads

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई ६-३ ले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ। खेलमा पिएसजीका २० वर्षीय पोर्चुगिज खेलाडी जोआओ नेभेसले ह्याट्रिक गरे।

सातौं मिनेटमै नेभेसले ओभरहेड किकमार्फत पहिलो गोल गरे भने दुई मिनेटमै ब्राडली बार्कोलाले दोस्रो गोल थपे। १४औं मिनेटमा नेभेसले अर्को ओभरहेड किकबाट टोलीको तेस्रो गोल गरे। त्यसपछि उस्मान डेम्बेलेले पेनाल्टीमार्फत चौथो गोल गर्दै पिएसजीलाई ४-० को अग्रता दिलाए।

Ads

टुलुजले चार्ली क्रेसवेलको रिबाउन्ड गोलबाट खेलमा फर्कने प्रयास गर्‍यो। क्रिस्टियन कासेरेसले दुई पटक पेनाल्टी प्रहार गर्ने मौका पाए पनि पिएसजीका गोलकिपर लुकास चेभालिएरले दुवै प्रहार रोके।

दोस्रो हाफमा फेरि बार्कोलामाथि फाउल हुँदा पिएसजीले पेनाल्टी पायो र डेम्बेलेले गोल गरे। ७८औं मिनेटमा नेभेसले बक्स बाहिरबाट प्रहार गर्दै ह्याट्रिक पूरा गरे।

Ads

अन्तिमतिर टुलुजका यान ग्बोहो र एलेक्सिस भोसाले दुई मिनेटभित्र गोल गरे तर हार टार्न सकेनन्।

यो जितसँगै पिएसजी लिग वानको शीर्ष स्थानमा कायम भएको छ। अर्काे खेलमा लिलले ७७औं मिनेटपछि लगातार पाँच गोल गर्दै लोरेन्टलाई ७-१ ले हराएको थियो।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार