वैशाख ०४ २०८३, शुक्रबार

बंगलादेशको विजयी सुरुवात

अबुधाबीमा भएको एसिया कप क्रिकेटमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कप्तान लिटन दासले ३३ बलमै अर्धशतक प्रहार गर्दै टिमलाई सहज जित दिलाए।
Ads

अबुधाबीमा भएको एसिया कप क्रिकेटमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कप्तान लिटन दासले ३३ बलमै अर्धशतक प्रहार गर्दै टिमलाई सहज जित दिलाए।

पहिलो ब्याटिङमा हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफमा बंगलादेशले दासको ५९ रनको इनिङ्समा भर पारी १४ बल बाँकी रहँदै १४४ रन बनाउँदै लक्ष्य भेट्टायो।

Ads

हङकङका निजाकत खानले ४२ रन बनाए पनि टोलीलाई ठुलो स्कोरसम्म पुर्‍याउन सकेनन्। बलिङतर्फ बंगलादेशका तन्जिम हसन साकिब, तास्किन अहमद र रिशाद हुसैनले समान २–२ विकेट लिए।

बंगलादेशको पारीमा दास र तौहीद हृदयबीच तेस्रो विकेटका लागि ९५ रनको साझेदारी निर्णायक रह्यो। अन्तिमतिर हृदय ३५ रनमा नटआउट रहे।

Ads

यससँगै समूह ‘बी’ मा बंगलादेशले विजयी सुरुवात गरेको छ। अब प्रतियोगितामा पाकिस्तान र ओमानबीच खेल हुनेछ भने भारत, युएई, अफगानिस्तान र श्रीलंका पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार