साफ यू-१७ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य : कप्तान मोक्तान
नेपाली यू-१७ पुरुष फुटबल टोलीका कप्तान प्रशान्त मोक्तानले साफ यू-१७ पुरुष च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।
आइतबार पत्रकारसँग कुरा गर्दै उनले भने, “साफको लागि हाम्रो तयारी एकदमै राम्रो भएको छ, हामीले प्रशिक्षण गर्न पर्याप्त समय पाएका छौँ। टोली खेल्न तयार छ, उपाधि लिएरै फर्किन्छौँ।”

आगामी सोमबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले आयोजक श्रीलङ्काविरुद्ध उद्घाटन खेल खेल्दै यात्राको सुरुआत गर्नेछ। नेपाल रहेको समूहमा बंगलादेश समेत छ।
त्यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान, माल्दिभ्स र भुटान रहेका छन्। मोक्तानका अनुसार, “हाम्रो समूहका दुवै टोली बलिया छन्, तर हाम्रो टोली पनि बलियो छ। उनीहरुविरुद्ध राम्रो प्रदर्शन गर्ने छौँ।”

यस संस्करणको प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ।
प्रतिक्रिया