गौरादह महिला फुटबल: दोश्रो दिनको खेलमा राङ्चा क्लबको जित, धरान लेडिज माथि २–१ को रोमाञ्चक सफलता
जेबि खड्का गौरादह / गौरादहमा संचालन भइरहेकाे महिला फुटबल प्रतियोगिताकाे शनिबार सम्पन्न खेलमा राङचा फुटबल क्लब काेराबारी बिजय भएकाे छ। राङचा फुटबल क्लबले धरान महिला फुटबल क्लबलाई २-१ गाेल अन्तरले पराजित गर्दै बिजय भएकाे हाे। खेलकाे पहिलाे हापकाे १५ औं मिनेटमा आत्माघाती गाेल भएपछि धरान महिला फुटबल क्लब १ गाेलले पछि परेकाे थियाे। राङचा क्लबका खेलाडी पेन्जु राईले ३५ औं मिनेटमा थप एक गाेल गरेपछि टिमलाई २ गाेलकाे अग्रता बनाएकी थिइन। खेलकाे ४७ औं मिनेटमा धरान महिला फुटबल क्लब कि खेलाडी दुर्गा तामाङले १ गाेल गरेकी थिइन।खेलकाे सुरुवाती समय देखि धरान महिला फुटबल क्लबले उत्कृष्ट खेल प्रदर्शन गरेपनि गाेल गर्न नसक्दा पराजित हुन पुगेकाे हाे। धरानले गाेल गर्ने सुनौला अवसरहरु गाेलमा परिणत नहुदा राङचा फुटबल क्लब बिजय भएकाे हाे। राङ्चा फुटबल क्लबले पनि थप गाेल गर्ने केही अवसरहरु पाएकाे भएता पनि थप गाेल हुन सकेन। खेलकाे मेन अफदि म्याच राङचा फुटबल क्लब कि खेलाडी समीक्षा पौडेल घाेषित भइन। खेल अवधि भर उत्कृष्ट खेल प्रदर्शन गरेकी खेलाडी पौडेलले मेन अफ दि म्याच काे पुरस्कार पाएपछि खेल प्रति आफू थप उत्साहित भएकाे धारणा राखेकी थिइन। आईतवार ओएसिस महिला फुटबल क्लब ईलाम र काकडभिट्टा महिला फुटबल क्लब बिच खेल हुने आयाेजकले जनाएको छ।
गौरादहमा सञ्चालन भइरहेको महिला फुटबल प्रतियोगिताअन्तर्गत आज ओएसिस महिला फुटबल क्लब इलाम र काकडभिट्टा महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
गौरादहमा जारी प्रतियोगितामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका टोलीबीचको आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यसअघि शनिबार सम्पन्न खेलमा राङ्चा फुटबल क्लब कोराबारीले धरान महिला फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलमा राङ्चाका लागि पेन्जु राईले एक गोल गरेकी थिइन् भने एक गोल आत्मघाती भएको थियो। धरानका लागि दुर्गा तामाङले एक गोल गरेकी थिइन्।
आजको खेलमा ओएसिस महिला फुटबल क्लब इलाम र काकडभिट्टा महिला फुटबल क्लबबीचको प्रतिस्पर्धाले प्रतियोगिताको रोमाञ्चकता थप्ने आयोजकले जनाएको छ।





प्रतिक्रिया